पुल र सुरूङ डिजाइन गर्न फास्ट ट्र्याकले माग्यो ४ इन्जिनियर

नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्गमा ४ जना इञ्जिनियरको आवेदन माग गरेको छ । जंगी अड्डाले करार सेवामा विभिन्न पदका लागि ४ जना इञ्जिनियरको आवेदन माग गरेको हो । द्रुतमार्गका लागि चाहिने हाइवे इञ्जिनियर, पुल डिजाइन इञ्जिनियर र टनेल इञ्जिनियर माग गरेको छ । आयोजनाका लागि १ जना इञ्जिनियर माग गरेको छ । यो पदका लागि हाइवे ट्रान्सपोर्टेसन इन्जिनियरिङमा मास्टर गरेकाले मात्रै आवेदन गर्न पाउनेछन् । यस्तै, कम्तिमा ७ वर्ष काम गरेको अनुभव समेत आवश्यक पर्ने बताइएको छ ।
यस्तै, आयोजनाले २ जना पुल डिजाइन इञ्जिनियर माग गरेको छ । पुल डिजाइन इञ्जिनियरमा मार्टस गरेको इच्छुक व्यक्तिले आवेदन गर्न सक्ने जंगीअड्डाले बताएको छ । आवेदकसँग कम्तिमा १० वर्ष व्यावसायिक अनुभव आवश्यक पर्नेछ भने ५ वर्ष रोड/हाइवे/एक्सप्रेस वे प्रोजेक्टमा काम गरेको अनुभव समेत चाहिन्छ ।
यस्तै, आयोजनाका लागि १ जना टनेल इञ्जिनियर समेत माग गरिएको छ । १० वर्षको व्यावसायिक अनुभव भएको व्यक्तिले आवेदन गर्न सक्ने छन् । यसका लागि कम्तिमा हाइड्रोपावर टनेल पुरा गरेको अनुभव चाहिन्छ भने ३ वर्षसम्म टनेलमा काम गरेको अनुभव चाहिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका
-
प्रहरीको ३० वर्षे हटाउने प्रस्ताव : घुमिफिरी रुम्जाटार
-
सरकारलाई खर्च जुटाउनै मुस्किल : अघिल्लो वर्षको १ खर्ब ८२ अर्बको टेको
-
संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने विषयमा सत्तारुढ दलबीचमै मत बाझियो
-
कांग्रेस दुई दर्जन केन्द्रीय सदस्यबीच छलफल, देउवालाई भेटेर ध्यानाकर्षण गराउने निर्णय
-
माओवादी पदाधिकारी बैठक : गृहमन्त्री माओवादीको हुनुपर्नेमा नेताहरुको जोड