चुनावी झडपका क्रममा मृत्यु भएका चेतनको ९ दिनपछि अन्त्येष्टि
चुनावका क्रममा भएको दुई पक्षीय झडपका क्रममा मृत्यु भएका एमाले निकट विद्यार्थी नेता चेतनदीप आयडीको अन्त्येष्टि गर्न लागिएको छ । उनको घटनाको ९ दिनपछि सोमबार अन्त्येष्टि गर्न लागिएको हो ।
अन्तिम संस्कार गर्न लैजानुअघि नेकपा एमाले बाजुराले अनेरास्ववियुका केन्द्रीय सदस्य समेत रहेका आयडीको शव श्रद्धाञ्जलीका लागि खुलामञ्च मार्तडीमा राखेको छ । मसिंर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा नेपाली कांग्रेसका कार्यकर्तासँगको झडपका क्रममा उनको मृत्यु भएको थियो ।
आयडीको शव श्रदाञ्जलिका लागि खुलामंचमा राखेपछि दाहसस्कारको लागि बुढीगंगा नदीमा लगिएको नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताए । घाइते भएका आयडीलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगिएको थियो । अस्पताल पु¥याउने बित्तिकै चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।
त्रिवेणी ७ मा दिउँसो मतदानको समयमा नेपाली कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा त्रिवेणी ७ बस्ने सञ्जीव अयडिको मृत्यु भएको थियो । सञ्जीवको मृत्यु भए पश्चात विवादले चर्को रुप लिएको थियो । त्यपछिको झडपमा चेतनदीपको मृत्यु भएको थियो ।
नेकपा एमाले बाजुराले चेतनको हत्यारालाई पक्राउ गरी दोषीमाथि कारबाहीको माग गर्दै आएको छ । मंसिर ५ गतेदेखि बाजुरामा एमालेले आन्दोलन गरिरहेको छ । यसैबीच सुदूरपश्चिमको तराईका जिल्ला कैलाली र कञ्चनपुरमा हत्या विरोधमा विद्यार्थीहरूले प्रदर्शन गर्दै आएका छन् ।
प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जीव आयडीको शव पनि छ दिनपछि आफन्तले बुझेका थिए । उनको मंसिर ४ गते मतदानको समयमा मतपेटिका खोस्न लाग्दा सुरक्षाकर्मीले गोली चलाएर मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी