निर्वाचनमा बालबालिका प्रयोगका २ सय १६ वटा घटना सार्वजनिक
गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा राजनीतिक दलहरू तथा स्वतन्त्र उम्मेदवारहरूबाट बालबालिका प्रयोग भएका २१६ वटा घटना सार्वजनिक भएको छ । बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सोमबार एक कार्यक्रम आयोजना गरी मंसिर ४ गतेको निर्वाचनमा २१६ वटा बालबालिका प्रयोगको घटना भएको जानकारी दिएको हो ।
सो संस्थाले गरेको अध्ययन अनुसार बालबालिका प्रयोगको २१६ वटा घटनाहरु मध्ये प्रचारप्रसार तथा ¥यालीमा १४४ वटा, घरदैलोमा १२ वटा, आम सभामा १८ वटा, प्रचारप्रसार सामग्रीमा १३ वटा र कलाकारको रुपमा २८ वटा घटनामा बालबालिकाको प्रयोग भएको थियो ।
संस्थाका अध्यक्ष राजेश शर्माले सबैभन्दा बढी वाम लोकतान्त्रिक गठबन्धनका दलहरुबाट बालबालिका प्रयोग भएको बताए । उनले वाम लोकतान्त्रिक गठबन्धनका दलहरुबाट ९८ वटा घटना, नेकपा (एमाले) बाट ७१ वटा, अन्य राजनीतिक दलहरूबाट ३४ वटा र स्वतन्त्र उम्मेदवारहरूबाट १३ वटा घटनामा बालबालिका प्रयोग गराइएको पाइएको बताए ।
पार्टीगत रुपमा हेर्दा नेपाली काँग्रेसले २२ वटा, नेकपा (माओवादी केन्द्र) ले १३ वटा, नेकपा (एकीकृत समाजवादी) ले ८ वटा, लोकतान्त्रिक समाजवादी पार्टीले ३ वटा, नेकपा (एमाले) ले ७१ वटा, जसपा, राप्रपा र राप्रपा नेपालले गरी ९ वटा, राप्रपाले १२ वटा, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ वटा, विवेकशील, नेपाल सुशासन र जनमत पार्टीले १/१ वटा घटनामा बालबालिकाको प्रयोग गरेको उनले जानकारी दिए ।
उनले २५ वटा विद्यालय, १ वटा विद्यालय बस र ४ जना शिक्षक पनि निर्वाचनमा प्रयोग भएको सूचना आफूहरूलाई प्राप्त भएको उल्लेख गरे । जसमध्ये वाम लोकतान्त्रिक गठबन्धनले १५ वटा विद्यालय र नेकपा (एमाले) ले १० वटा विद्यालयको प्रयोग गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !