शुक्रबार, २० माघ २०७९
ताजा लोकप्रिय

लघुवित्तको लाभांश वितरणको ३० प्रतिशतको क्याप हट्यो

सोमबार, १२ मंसिर २०७९, १५ : ४८
सोमबार, १२ मंसिर २०७९

नेपाल राष्ट्र बैंकले लघुवित्तको लाभांश वितरणमा लगाएको ३० प्रतिशतको क्याप (अधिकतम सीमा) हटाएको छ । राष्ट्र बैँकले सोमबार लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशिका, २०७८ मा संशोधन गर्दै यसअघिको ३० प्रतिशतको नगद लाभांशको सीमा खारेज गरेको हो । 

यसअघि लघुवित्त वित्तीय संस्थाहरूलाई वितरणयोग्य नाफाको ३० प्रतिशतभन्दा माथि नगद लाभांश वितरण गर्ने सुविधा थिएन । यद्यपि, संशोधित निर्देशनले वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरण गर्न चाहने लघुवित्त वित्तीय संस्थाले २० प्रतिशतभन्दा माथिको लाभांश प्रस्ताव गरेमा सो लाभांशको ५० प्रतिशत बराबरले हुन आउने रकम साधारण जगेडा कोषमा अनिवार्य जम्मा गर्नुपर्ने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप