शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा सरकारविरुद्ध प्रदर्शनको असर, घट्न थाल्यो कच्चा तेलको मूल्य

सोमबार, १२ मङ्सिर २०७९, १५ : ५४
सोमबार, १२ मङ्सिर २०७९

चीनमा सरकारविरुद्ध आन्दोलन चर्किएसँगै विश्व बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ । चीनमा कोरोना बढ्दै गएपछि सरकारले अवलम्बन गरेको ‘शून्य कोभिड पोलिसि’ विरुद्ध यतिबेला चीनभर आन्दोलन चर्किरहेको छ । यससँगै विश्व बजारमा कच्चा तेलको मूल्य घट्न थालेको हो ।

समाचार संस्था रोयटर्सले विश्वको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता चीनमा आन्दोलन हुँदा माग घट्ने भएकाले मूल्य घट्न थालेको उल्लेख गरेको छ । तेलसम्बन्धी जानकारी दिने साइट ओयल प्राइस डटकमका अनुसार आज सोमबार मात्रै कच्चा तेलको मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ ।

आज डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ३ प्रतिशत अर्थात प्रतिब्यारेल २.२९ डलरले घटेको छ । यससँगै, डब्लुटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ७३.९९ अमेरिकी छ । यस्तै, आज ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ३.११ प्रतिशत अर्थात २.६० डलरले घटेको छ ।

चीन विश्वको सबैभन्दा ठूलो कच्चा तेलको आयतकर्ता हो । यस्तै, चीन अमेरिकापछि विश्वकै ठूलो पेट्रोलियम पदार्थको खपतकर्ता समेत हो । चीनमा सरकारविरुद्ध आन्दोलन बढ्न थालेपछि सवारी आवागमन ठप्प हुने र तेलको आपूर्ति घट्ने आकलन गर्न थालिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप