नेशनल लाईफको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । बीमा सचेतना प्रवर्धनमा जीवन बीमा कम्पनीहरूले पनि योगदान पुर्याउनु पर्ने नेपाल बीमा प्राधिकरणको नीति अनुरूप आयोजना गरिएको यी कार्यक्रमहरूमा कम्पनीले मङ्सिर १० गते बझाङ जिल्ला जयपृथ्वी नगरपालिका स्थित जिल्ला अस्पतालको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीका अभिकर्ताहरु र स्थानीय जनसमुदायको उल्लेख्य सहभागिता रहेको रक्तदान कार्यक्रममा रक्तदान गर्ने अभिकर्ता तथा स्थानीयलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले धन्यवाद ज्ञापन गरेका थिए ।
यसै गरी कम्पनीले सचेतना कार्यक्रमलाई निरन्तरता दिँदै मङ्सिर ११ गते बझाङको चैनपुरमा रहेको सत्यवादी मा.वि. र बझाङको झोता स्थित भैरव मा.वि.का शिक्षक तथा विद्यार्थीहरुलाई छुट्टा छुट्टै कार्यक्रम आयोजना गरी बीमा सचेतना सम्बन्धमा जानकारी गराइएको थियो । जस अन्तर्गत कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले बीमाको महत्त्व र आवश्यकताको बारेमा प्रकाश पार्नु भएको थियो भने प्रमुख कार्यकारी अधिकृत खत्रीले नेपाल बीमा बजारको अवस्था र सम्भावनाका साथै बीमा ऐन २०७९ मा उल्लेखित आधारभूत विषयहरूको बारेमा सहभागीहरूलाई जानकारी गराएका थिए । साथै उक्त कार्यक्रममा करिब १०० जना शिक्षकहरूको रु.१ लाखको म्यादी जीवन बीमा गरी खत्रीले बीमालेख हस्तान्तरण गरेका थिए । उता भैरव मा.वि. मा सम्पन्न गरिएको कार्यक्रममा मिर्गौला पीडित उजाला कुमारी दमाईलाई सीआरएस अन्तर्गत आर्थिक सहयोग स्वरूप २५ हजार रुपैयाँ पनि प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याऔँ : महासचिव गौतम
-
के नेपालमा अमेरिकामा जस्तै साइबर हमला भएको हो ?
-
माग सम्बोधन नभएसम्म नागरिक उन्मुक्ति कुनै पनि सरकारमा सहभागी नहुने
-
पूर्वी युक्रेनमा रुसी आक्रमण, ३ जनाको मृत्यु
-
श्रीलङ्काको अर्थतन्त्र २०२४ सम्ममा सुधार हुन्छ : राष्ट्रपति विक्रमासिङ्घे
-
इरानमा दुई दिनमा तीन सडक दुर्घटना, ९ जनाको मृत्यु