काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने काममा अवरोध (फोटोफिचर)

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने काममा अवरोध भएको छ । काठमाडौं महानगरपालिकाले अनाधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरू हटाउने अभियान अन्तर्गत सोमबार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन सुरु गरेको हो । तर, सो बस्तीमा मानिसहरूले भने डोजर चलाउने काममा अवरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध चर्का नाराबाजीसहित टायर बालेर प्रदर्शन गरिरहेका छन । डोजरको प्रतिकार गर्न इँट्टासमेत प्रहार भइरहेको छ ।
अहिले पनि त्यस क्षेत्र तनावग्रस्त छ । स्थानीयले प्रतिकार गर्न प्रदर्शनलाई निरन्तरता दिएका हुन् । काठमाडौं महानगरपालिकाले यसअघि नै ३५ दिने सूचना जारी गर्दै सो बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो ।
यता, प्रदर्शनकारीहरूले भने विकल्प नभई नदिई आफूहरू सो बस्तीबाट नहटने जिकीर गरिरहेका छन् । उनीहरूले डोजर चलाउने डरले आफूहरूको सामान भने बाहिर निकाल्ने कामलाई पनि एकसाथ अघि बढाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक जारी
-
नेपाल इन्भेस्टमेण्ट मेगा बैंकको finPOS बाट ‘नेपाल पे ट्याप’ र ‘नेपाल पे क्यूआर’ गर्न सकिने
-
नेपाल पर्यटन यातायात व्यवसायी संघको चौथो वार्षिक साधारणसभा सम्पन्न
-
आन्तरिक राजश्व कार्यालय जुम्लामा राजश्व असुली निराशाजनक
-
गण्डकी प्रदेशसभा बैठक कक्ष साँघुरो हुँदा खुट्टा छिराउ नै धौधौ
-
मौलापुरमा फागुनको पहिलो साता मधानी महायज्ञ हुँदै