मकवानपुरमा ३१ हजारभन्दा बढी मत बदर

मकवानपुरमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत ३१ हजार चार सय ७४ मत बदर भएको छ । जिल्लामा प्रदेश र प्रतिनिधि सभामा खसेको कूल मतमध्ये उक्त संख्यामा मत बदर भएको बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
मतदाता शिक्षा अभावका कारण यस्तो भएका कारण देशका अन्य स्थानमा समेत ठूलो संख्यामा मत पत्र बदर भएका पाइएको हो । मकवानपुरमा यस पटकको तीन लाख सात सय ३३ मतदातामध्ये एक लाख ७८ हजार दुई सय ८२ जनाले मात्र मतदाता सहभागी भएका थिए ।
मतदाता शिक्षा सञ्चालन भए पनि ठूलो संख्यामा मत बदर हुनु आश्चर्यजनक भएको निर्वाचन कार्यालयले उल्लेख गरेको छ । कार्यालयका अनुसार मकवानपुरका १० वटा स्थानीय तहका एक सय २२ वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो । यहाँ दुई निर्वाचन क्षेत्र छन् । जसमध्ये मकवानपुर– १ राप्रपाका दीपक सिंह र मकवनापुर–२ एमालेका महेश बर्तौला विजयी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगो देश हाम्रो मुद्दाको वरिपरि छ : प्रधानमन्त्री प्रचण्ड
-
विमानस्थलको सुधार चित्त बुझ्दो छैन, अझै प्रयत्न गर्नुहोस् : मन्त्री किराँती
-
गृहमन्त्रीको लफडाबारे प्रतिपक्षी दलहरू ‘वेट एन्ड सी’ को मुडमा
-
वर्तमान सरकारप्रति माधव नेपालको टिप्प्णी : ‘वाम–दक्षिणपन्थी खिचडी गठबन्धन’
-
क्यानविरुद्धको प्रदर्शन विथोल्न खोज्ने तारा बराल पक्राउ
-
माओवादीको स्थायी कमिटी बैठक सुरु