शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सीताराम विवाह पञ्चमी : स्वयंवर सम्पन्न

सोमबार, १२ मङ्सिर २०७९, १९ : ३५
सोमबार, १२ मङ्सिर २०७९

सीताराम विवाह पञ्चमी महोत्सवअन्तर्गत आज जनकपुरधाममा स्वयंवर कार्यक्रम सम्पन्न भएको छ । आज रङ्गभूमि मैदान (बाह्रविघा) मा स्वयंवर कार्यक्रम सम्पन्न भएको हो । विवाह उत्सवमा सहभागी हुन नेपाल र भारतका विभिन्न स्थानबाट श्रद्धालुहरु जनकपुरधाम आएका छन् ।

राममन्दिर र जानकी मन्दिरबाट डोला निकाली रङ्गभूमि मैदान बाह्रविघामा गएर स्वयंवर कार्यक्रम भएको छ । सीता–राम विवाह कार्यक्रम आज राति सम्पन्न हुँदैछ । जनकपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप