बाइस सवारी चालक कारबाहीमा

ट्राफिक प्रहरीले अवस्था ठीक नभएका २२ सवारी साधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले आज सवारी साधनमा गरेको विशेष यान्त्रिक ‘चेकिङ’का क्रममा अवस्था ठीक नभएका २२ सवारी साधनका चालकलाई कारबाही गरेको हो ।
कार्यालय सहप्रवक्ता, प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले विशेष चेकिङका क्रममा अवस्था ठीक नभएका पानी ट्याङ्कर, फोर्स गाडी र टाटा सुमोलगायत सवारी साधनलाई कारबाही गरिएको जानकारी दिए । यस्तै, कालो धुवाँ फाल्ने र हेन्ड ब्रेक ठीक नभएका आठवटा सवारी साधन भने थप यान्त्रिक परीक्षण गर्नुपर्ने भएकाले ट्राफिक प्रहरी प्रभाग कीर्तिपुरले नियन्त्रणमा लिएको छ ।
दक्ष तालिम प्राप्त प्राविधिक सहितको टोलीद्वारा दिउँसो गरिएको चेकिङका क्रममा हेन्ड ब्रेक नभएका, लाइट नभएका, कालो धुवाँ फाल्ने र टायर धेरै खिएकालगायत अवस्था ठीक नभएका एक सय ५० वटा सवारी साधन चेकजाँच गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनौतीका चाङमाथि कर्णाली सरकार !
-
पर्यटनमन्त्रीले एक महिनाको तलब विद्यालयलाई दिने
-
तीन मिनेटको आइटम नम्बरको लागि २ करोड शुल्क
-
रवि लामिछानेको मुद्दाले एनआरएनलाई कुनै असर गर्दैन : उपाध्यक्ष शर्मा
-
भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै सुन्तला
-
कोभिड र भूकम्पपछि मानसिक समस्या एकदमै बिकराल बनेको छ : डा.पाण्डे (अन्तर्वार्ता)