अमेरिकाले आफ्नो झण्डा बिगारेर तस्बिर हालेको भन्दै इरानको फिफालाई पत्र

संयुक्त राज्य अमेरिकाको फुटबल टोलीले सामाजिक सञ्जालको पोस्टमा इस्लामिक गणतन्त्रको प्रतीक झण्डाबाट हटाएपछि इरानको फुटबल महासंघले फिफामा उजुरी गरेको छ । मङ्गलबारको विश्वकप खेलअघि अमेरिकाले ट्विटर, फेसबुक र इन्स्टाग्राममा पोस्ट गरिएका ग्राफिक्समा ‘अल्लाह’को चिन्ह हटाएको थियो।
यता इरानमा व्यापक सरकार विरोधी प्रदर्शनको बीचमा ‘आधारभूत मानव अधिकारका लागि लडिरहेका इरानका महिलाहरूलाई समर्थन’ गर्न इरानको आधिकारिक झण्डा प्रयोग नगर्ने निर्णय गरेको अमेरिकाले बताएको छ।
‘अमेरिकी फुटबल महासंघको इन्स्टाग्राम पेजले अव्यवसायिक रूपमा इरानको झण्डाबाट अल्लाहको चिन्ह हटायो,‘ इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले भनेको छ, ‘इरान फुटबल महासंघले फिफालाई अमेरिकी महासंघलाई गम्भीर चेतावनी दिन माग गर्दै इमेल पठाएको छ।’
अमेरिकी फुटबल संघका एक प्रवक्ताले पछि ती पोस्टहरू हटाइएको र इरानको सही झन्डा प्रयोग गरी प्रतिस्थापन गरिएको जानकारी दिएका थिए । तर उनले थपे, ‘हामी अझै पनि इरानका महिलाहरूलाई समर्थन गर्छौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभा उपनिर्वाचनको अङ्कगणित : एमाले ढुक्क, कांग्रेस चलखेलको प्रयासमा
-
यस्तो छ क्रिकेट खेलाडीको नयाँ वर्गीकरण, को कुन ग्रेडमा ?
-
सन्दीपको निलम्बन फुकुवा : के भएको थियो बोर्ड बैठकबाट निर्णय पारित हुँदा ?
-
नेपाली काँग्रेस लुम्बिनीमा २१ वटा विभाग गठन , कोको समेटिए ?
-
परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन परामर्श गरिनेछ : परराष्ट्रमन्त्री पौड्याल
-
भारत सरकारले ल्यायो ४५ लाख करोड भारुको बजेट, कस्ता छन् योजना ?