शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दार्चुलामा भोट हाल्न हिँडेका पुरुषको हत्या आरोपमा एकजना पक्राउ

सोमबार, १२ मङ्सिर २०७९, २२ : ०७
सोमबार, १२ मङ्सिर २०७९

दार्चुलामा भोट हाल्न हिँडेका पुरुषको हत्या गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । मंसिर ४ मा ब्यास गाउँपालिका˗४ स्थित डोकटका ४० वर्षीय नरसिंह विष्टको शव स्थानीय गोदार खोलामा फेला परेको थियो ।

उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । हत्या आरोपमा सोही ठाउँका २५ वर्षीय दिपक विष्टलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता (एसएसपी) दानबहादुर कार्कीले रातोपाटीलाई बताए ।

मृतक सदरमुकाम खलंगामा होटल सञ्चालन गर्थे । उनी मंसिर २ मा मतदान गर्न घर गएका हुन् । गोदार खोलामा ढुंगाले च्यापेको अवस्थामा नरसिंहको शव भेटिएको थियो । सो घटनाबारे केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पनि घटनास्थलमा गएर अनुसन्धान गरेको छ ।

मंसिर ३ मा राति डोब भन्ने ठाउँमा मृतकसँगै मदिरा सेवन गरेका दिपकले हत्या गरेको ब्यूरोले गरेको अनुसन्धानबाट थाहा भएको छ । ढुंगाले हिर्काएर हत्या गरेपछि आरोपीले शव दुईसय मिटर तल गोदरा खोलामा लगेर फालेको थाहा भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप