शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेइजिङमा शीतलहरको चेतावनीे

सोमबार, १२ मङ्सिर २०७९, २२ : ४७
सोमबार, १२ मङ्सिर २०७९

बेइजिङमा सोमबार साँझदेखि बुधबारसम्म चिसो अत्यधिक बढ्ने महानगरीय मौसम महाशाखाले चेतावनी दिएको छ । उक्त अवधिमा शीतलहर चल्ने र तापक्रम १६ डिग्री सेल्सियससम्म घट्ने विभागले जनाएको छ ।

आइतबारदेखि शीतलहर (चिसो सिरेठो) चल्ने भन्दै आवश्यक सावधानी अपनाउन नागरिकहरूलाई सचेत गराइएको छ ।  आगामी शीतलहरका कारण दैनिक अधिकतम तापक्रम १३ डिग्री सेल्सियसबाट माइनस तीन डिग्री सेल्सियसमा झर्ने र आगामी तीन दिनसम्म चिसो सिरेठो चल्ले महाशाखाले जनाएको छ । 

शीतलहरका लागि कृषि, वन, तातोपानी, यातायातलगायत सरकारी निकायले आवश्यक तयारी गरेपनि त्यहाँका बासिन्दालाई अतिआवस्यक काममा बाहेक अन्य प्रयोजनका लागि बाहिर ननिस्कन, घरभित्रै बस्न र न्यानो रहन पनि सुझाव दिइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप