मंगलबार, १७ माघ २०७९
ताजा लोकप्रिय

इरानको रिभोलुसनरी गार्ड मिलिसियाका सदस्यको गोली हानी हत्या

सोमबार, १२ मंसिर २०७९, २२ : ५३
सोमबार, १२ मंसिर २०७९

इरानको रिभोलुसनरी गार्ड मिलिसियाका एक सदस्यलाई सोमबार गोली हानी हत्या गरिएको छ । इस्लामिक गणतन्त्र दुई महिनाभन्दा बढी लामो आन्दोलनले तनावग्रस्त छ । आक्रमणका दोषीको पहिचानका लागि अनुसन्धान भइरहेको डेपुटी स्थानीय गभर्नर मोहम्मद–रेजा जन्नेसरीले बताएको इरना समाचार एजेन्सीले जनाएको छ ।

यस्तै नोभेम्बरको मध्यमा इस्फाहानमा मोटरसाइकलमा आएका दुई आक्रमणकारीले सुरक्षा गार्डहरूमाथि स्वचालित हतियार चलाएर एक प्रहरी कर्णेल र दुई अर्धसैनिकको हत्या गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एजेन्सी
एजेन्सी
लेखकबाट थप