ब्राजिल प्रि–क्वाटरफाइनलमा प्रवेश
सोमबार, १२ मंसिर २०७९, २३ : ४२

ब्राजिल विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको विश्वकप फुटबलको दोस्रो खेलमा स्विट्जरल्यान्डलाई १–० गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको हो ।
स्टेडिमय ९७४ मा भएको खेलमा ब्राजिललाई जित दिलाउन कासिमेरोले निर्णायक गोल गरेका हुन् ।
ब्राजिलका लागि उनले खेलको ८३ औं मिनेटमा गोल गरेका हुन् । जितसँगै समूह जी को ब्राजिलले दुई खेलबाट ६ अंक जोडेको छ । पराजित स्विट्जरल्यान्डको दुई खेलबाट ३ अंक छ । यसै समूहका क्यामरुन र सर्बियाको दुई खेलबाट समान ३–३ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याऔँ : महासचिव गौतम
-
के नेपालमा अमेरिकामा जस्तै साइबर हमला भएको हो ?
-
माग सम्बोधन नभएसम्म नागरिक उन्मुक्ति कुनै पनि सरकारमा सहभागी नहुने
-
पूर्वी युक्रेनमा रुसी आक्रमण, ३ जनाको मृत्यु
-
श्रीलङ्काको अर्थतन्त्र २०२४ सम्ममा सुधार हुन्छ : राष्ट्रपति विक्रमासिङ्घे
-
इरानमा दुई दिनमा तीन सडक दुर्घटना, ९ जनाको मृत्यु