यस्ता छन् विश्वकपमा आज हुने खेलहरू

विश्वकप फुटबल अन्तर्गत आज (मंगलबार) विभिन्न चार खेलहरू हुँदैछन् । आज हुने खेलमा समूह ‘ए’ र समूह ‘बी’को दुई–दुई खेलहरू हुनेछन् ।
आजको पहिलो खेलमा इक्वेडर र सेनेगलले प्रतिस्पर्धा गर्नेछन् । इक्वेडर र सेनेगलका लागि आजको खेल निर्णायक हुनेछ । आजको खेलमा सेनेगलले जित निकाल्दै अन्तिम १६ मा पुग्ने योजनामा छ । यता इक्वेडरलाई बराबरी भए पनि अघिल्लो चरण प्रवेश गर्न पुग्नेछ ।
सोही समयमा हुने अर्को खेलमा नेदरल्यान्ड्स र कतारले प्रतिस्पर्धा गर्नेछन् । आजको खेलमा नेदरल्यान्ड्स जित निकाल्दै प्रतियोगिताको अघिल्लो चरण पुग्ने योजनामा छ । यता कतार भने जितबाट प्रतियोगिताको अन्त्य गर्ने योजनामा छ ।
प्रतियोगिता अन्तर्गत आज हुने अन्तिम दुई खेलहरूमा इरानले अमेरिकासँग खेल्दैछ । अमेरिकालाई जित निकाल्दै पर्ने दबाब छ । यता इरान पनि जित निकाल्दै अघिल्लो चरणका लागि आफूलाई बलियो बनाउने योजनामा छ ।
सोही समयमा हुने अर्को खेलमा इङ्ल्यान्डले वेल्ससँग खेल्नेछ । आजको खेलमा जित निकाल्दै दुवै टोली अघिल्लो चरणमा प्रवेश गर्ने योजनामा छन् । इङ्ल्यान्डलाई बराबरीको नतिजाले पुग्नेछ भने वेल्सलाई भने जित नै आवश्यक छ । जित निकाले पनि अर्को टिमको खेलको नतिजा पर्खनु पर्ने हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत पहिरनमा विद्यालय सञ्चालन गर्न म्यागङ गाउँपालिकाको निर्देशन
-
क्यान बैठक : सन्दीपको निलम्बन फिर्ता गर्ने तयारी
-
अस्थायी प्रकृतिका शिक्षक नियुक्त गर्दा पैसा दिनुपर्ने विषयमा छानबिन गर्न निर्देशन
-
अस्ट्रेलियामा कार्यरत नेपाली नर्सले वृद्ध बिरामीहरुलाई थप्पड हानेको स्वीकार
-
महाकाली नदीमा फसेका मजदुरको उद्धार
-
खोप अभियान लक्षित समूहसम्म पुर्याउन आवश्यक : मन्त्री गिरी