शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

लघुवित्तको लाभांश वितरणमा सीमा हट्यो

मङ्गलबार, १३ मङ्सिर २०७९, ०६ : ०२
मङ्गलबार, १३ मङ्सिर २०७९

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको लाभांश वितरणमा तोकेको सीमा हटाएको छ । राष्ट्र बैंकले सोमवार एकीकृत निर्देशन २०७८ संशोधन गर्दै लघुवित्तले चुक्ता पूँजीको ३० प्रतिशतसम्म मात्र नगद लाभांश बाँड्न पाउने साविकको व्यवस्था हटाएको हो ।

अब लघुवित्त वित्तीय संस्थाले नगद वा बोनस गरी वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गरेमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशत रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ । कोभिड–१९ महामारीका कारण देखाउँदै २ वर्षअघि राष्ट्र बैंकले ३० प्रतिशतसम्म मात्र नगद लाभांश वितरण गर्न पाउने व्यवस्था गरेको थियो । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप