शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

कोरिया रोजगारीका लागि आवेदन माग

मङ्गलबार, १३ मङ्सिर २०७९, ०६ : १७
मङ्गलबार, १३ मङ्सिर २०७९

रोजगार अनुुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ दक्षिण कोरिया जानेका लागि भाषा परीक्षाको आवेदन दिने मिति तोकिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सन् २०२३ मा कृषि तथा पशुुपालनका लागि छ हजार कामदारको माग आएकाले पुस ४ देखि ८ गतेसम्म आवेदन दिन सक्ने गरी आवेदन माग गरेको हो ।

ईपीएस  शाखाका  अनुसार  कृषि  तथा  पशुपालन क्षेत्रको भाषा परीक्षाको पहिलो चरणको परीक्षा आउँदो माघ १६ देखि माघ २७ गतेसम्म हुनेछ भने दोस्रो चरणको परीक्षा फागुन ८ देखि फागुन २६ गतेसम्म हुनेछ । सबै परीक्षा काठमाडौँमा नै सञ्चालन हुनेछ । एक दिनमा चार सिफ्टमा परीक्षा सञ्चालन गरिने ईपीएस कोरिया शाखाले जनाएको छ । यस्तै भाषा परीक्षामा उत्तीर्ण भएका उम्मेदवारको पहिलो चरणको सीप परीक्षण फागुन ३  देखि  ५  गतेसम्म  हुनेछ  भने  दोस्रो  चरणको  सीप परीक्षण चैत १ देखि ३ गतेसम्म हुने ईपीएस शाखाले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप