शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुनसरी–३ मा भगवती चौधरीको अग्रता कायमै

मङ्गलबार, १३ मङ्सिर २०७९, ०७ : २०
मङ्गलबार, १३ मङ्सिर २०७९

प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेको अग्रता कायम छ । एमालेकी भगवती चौधरीले नेपाली कांग्रेसका उम्मेदवार  विजय कुमार गच्‍छदारलाई पछि पारेकी हुन् । 

पछिल्लो मतपरिणाम अनुसार चौधरीको पक्षमा ३२ हजार ४१७ मत खसेको छ भने दोस्रो स्थानमा रहेका गच्छदारले २७ हजार ६५६ मत पाएका छन् ।  चौधरीसँग उनको मत अन्तर ४ हजार ७६१ रहेको छ । 

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार कमल बाबु मैनालीले ६ हजार १५६ मत प्राप्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप