शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

२२ थप्दै गीतकार उपाध्यायले पुर्याए १३२ कीर्तिमान

मङ्गलबार, १३ मङ्सिर २०७९, ०७ : ३८
मङ्गलबार, १३ मङ्सिर २०७९

गीतकार डा. डीआर उपाध्यायले आफ्ना नाममा १३२ विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् । विभिन्न विधामा थप २२ कीर्तिमान कायम गर्दै उनले १३२ कीर्तिमान पुर्याएका हुन् ।

गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उपाध्यायलाई २२ कीर्तिमानको प्रमाणपत्र प्रदान गरे । उक्त २२ कीर्तिमान उनलाई विश्व रेकर्ड प्रदान गर्ने विभिन्न ११ संस्थाले प्रदान गरेका हुन् । यसअघि अन्तर्राष्ट्रिय पचास भाषामा गीत, सबैभन्दा सानो पुस्तक, नोट साइजको गीत, १५० देशका पर्यटकिय स्थलको गीत लगायत विभिन्न विधामा उनले गिनिज बुकअफ वर्ल्डसहित ११० रेकर्ड कायम गरेका थिए ।

अहिलेको २२ रेकर्ड २५ गीत म्युजिसियनले २५ एकै थलोमा मेलोडी बजाएको, गीति कविता अंग्रेजी अक्षरको ए देखि जेडसम्म, पानीमाथि ढुंगामा बसेर गीति एल्बम विमोचन, आफ्ना गीतको ४५ वटा भिडियोको एक एल्वम, र्याप गीत ४-४, २-४, ६-८ र ३-४ स्केलमा, अन्तरिक्षमा गएका व्यक्तिहरूको नाममा गीति कविता लगायत बिधाबाट प्राप्त गरेका हुन् । उनलाई यो प्रमाण पत्र एभरेष्ट वर्ल्ड रेकर्ड, च्यापियन बुक अफ वर्ल्ड रेकर्ड, एशियन वर्ल्ड रेकर्ड, युरोपियन रेकर्ड बुक, अमेरिका बुक अफ रेकर्ड, द व्रिटिस वर्ल्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, युआरएफ वर्ल्ड रकेर्ड, सुप्रिम वल्र्ड रेकर्ड, किंग्स बुक अफ रेकर्ड, वर्ल्ड ट्यालेन्ट बुक जस्ता वर्ल्ड रेकर्ड प्रदान संस्थाले प्रदान गरेको हो ।

उपाध्याय केही दिन पहिले भारतमा ‘श्री दादा साहेव फाल्के इन्टरनेसनल फिल्म एण्ड टेलिभिजन अवार्डबाट पनि सम्मानित भएका थिए । कार्यक्रममा गीतकारको  नयाँ एल्बम ‘अविच्छिन्न’ समेत विमोचन भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि झाले डा. उपाध्यायका कर्म उहाँका लागि मात्र नभएर देशकै लागि गौरव विषय भएको बताए । उनले विश्वमा आफ्नो र देशको नाम लेखाउन सफल भएकोमा बधाई तथा आगामी यात्राको लागि शुभकामना दिए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्व अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघका निर्वतमान अध्यक्ष चुडामणि देवकोट र खनाल समाजका महासिचव माधव खनाल लगायतले कार्यक्रममा गीतकार उपध्यायको कार्यको प्रशंसा गरे ।

सार्वजनिक ‘अविच्छिन्न’ एल्वममा ‘चितामाथी जलिरहेछु’, ‘खै कस्तो माया बसेछ’, ‘तिमी टाढा हुँदा’, ‘भावनाबाट टाढिँदा’ जस्ता ४ गीत छन् । जसमा सन्तोष श्रेष्ठ र सागर अधिकारीले संगीत र विश्व नेपाली, जगत तिरुवा, प्रताप दास, ममता गुरुङ र सागर अधिकारीले स्वर दिएका छन् ।

कार्यक्रममा सञ्चारकर्मी नरेश भट्टराई, गीतकार सागर अधिकारी, सन्तोष श्रेष्ठ, पत्रकार कृष्ण भुसाल, गीता अधिकारी लगायतलाई द ब्रिटिस वर्ल्ड रेकर्डले प्रदान गरेको अनर सर्टिफिकेट प्रदान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप