झडपमा घाइते महानगर प्रहरीको नर्भिकमा उपचार

काठमाडौं महानगरपालिकाका दुई दर्जनभन्दा बढी घाइते नगर प्रहरीहरुको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गरिएको छ ।
थापाथलीको सुकुम्बासी बस्तीका घरटहरा भत्काउन गएको महानगरको टोलीमाथि त्यहाँका बासिन्दाले ढुंगामूडा प्रहार गरेका थिए । सुकुम्बासी बस्तीका बासिन्दाको ढुंगामूढा लागेर घाइते भएका महानगरका प्रहरी तथा कर्मचारीहरुको नर्भिकमा उपचार भएको हो ।
झडपमा घाइते भएका नगर प्रहरीहरुलाई इमेरजेन्सी र ठाउँ अपुग भएका कारण त्यसभन्दा अघिल्तिरको खुल्ला क्षेत्रमा समेत राखेर नर्भिकका स्वास्थ्यकर्मीहरुले उपचार गरेका थिए । सो क्रममा काठमाण्डौ महानगरका २६ भन्दा बढी नगर प्रहरी तथा कर्मचारीको उपचार गरिएको अस्पतालले जनाएको छ । उपचारका लागि आएका घाइतेमध्ये केहीको टाउकोमा गम्भीर चोट लागेको देखिएको छ ।
अन्यको शरीरका विभिन्न भागमा चोट लागेको र तिनीहरुको पनि नर्भिकमा उपचार भइरहेको अस्पतालले जनाएको छ । झडपमा घाइते अन्यको समेत नर्भिकमा उपचार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयतालाई संस्थागत गरे मधेसको विकासमा कायापलट हुन्छ : अध्यक्ष यादव
-
ऋण चुक्ता नगर्नेको जग्गा रोक्का गर्न सहकारीद्वारा मालपोतमा निवेदन
-
पाल्पाका सात पालिकामा भेटिए कुष्ठ रोगी
-
हजार रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
लिदी पहिरोबाट विस्थापितलाई जग्गाधनी प्रमाण पुर्जा