शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्लेयर टू वाच : भर्जिल भान डाइक, नेदरल्यान्ड्स

पोजिसन : सेन्टर ब्याक, उमेर : ३१ वर्ष
मङ्गलबार, १३ मङ्सिर २०७९, १० : १२
मङ्गलबार, १३ मङ्सिर २०७९

‘भर्जिल भान डाइक अहिले विश्वकै उत्कृष्ट सेन्टर ब्याक हुन्,’ म्यानचेस्टर युनाइटेडका लिजेन्ड रियो फर्डिनान्डले यो वर्षको सुरुवातमा भनेका थिए । उनलाई रोक्दै माइकल ओवेनले थपे, ‘मलाई लाग्छ उनले अहिलेसम्मै उत्कृष्ट सेन्टर ब्याक हुन् ।’

बबी मुर, फ्रान्ज बेकेनबाउर, ड्यानियल पासारेला, फ्रांको बारेसी, मार्सेल देसाइली र फाबियो कानाभारोजस्ता सर्वोत्कृष्ट डिफेन्डरहरूले विश्वकपबाट नै आफूलाई फुटबलको इतिहासमा अमर बनाएका थिए । ३१ वर्ष पुगेका भान डाइकले भने अहिलेसम्म यूईएफए युरोकप पनि खेल्न पाएका छैनन् । त्यसैले यो विश्वकप उनका लागि आफ्नो नाम सुनौलो अक्षरले लेख्ने अवसर पनि हो ।

नेदरल्यान्ड्सले पुनरागमनमा भान डाइकको भूमिका महत्त्वपूर्ण रहेको छ । लिभरपुलमा लिगदेखि च्याम्पियन्स लिगको उपाति जितिसकेका उनको ध्याउन्न भनेको राष्ट्रिय टोलीलाई विश्वकपको उपाधि दिलाउनु रहेको छ । 

सन् २०१९ मा उनी बेस्ट फिफा मेन्स प्लेयर अवार्डमा लियोनेल मेस्सीसँग पछि परेका थिए । तर, त्यतिबेला मेस्सीले उनलाई ‘पूर्ण खेलाडी’ भन्दै तारिफ गरेका थिए । अर्लिङ हालान्डले समेत भान डाइकलाई उनले सामना गरेका सबैभन्दा सशक्त प्रतिद्वन्द्वी भनेर व्याख्या गरेका छन् । सन् २०१५ मा नेदरल्यान्ड्सका लागि डेब्यू गरेका भान डाइकले ५१ खेल खेल्दै ६ गोल गरिसकेका छन् ।

समूह ए मा रहेको नेदरल्यान्ड्सले प्रतियोगिताको पहिलो खेलमा सेनेगललाई पराजित गरेको थियो । दोस्रो खेलमा भने टोली इक्वेडरसँग १–१ को बराबरीमा रोकियो । आज कतारविरुद्धको खेलमा बराबरी वा जीत हासिल गरे टोली प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप