सर्वोच्चको गेटमा रातो रंग छ्यापेर प्रदर्शन गर्ने दुईजना पक्राउ
मंगलबार, १३ मंसिर २०७९, ११ : ०३

सर्वोच्च अदालतको गेटमा रातो रंग छ्यापेर प्रदर्शन गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । ‘न्याय चाहियो’ भन्दै रंग फालेर प्रदर्शन गर्ने सिरहा घर भएकी बिनु यादव र ज्यास्मिन ओझालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
श्रीमानबाट हिंसामा परेको भन्दै न्याय माग्न सर्वोच्च आएको बिनुको भनाइ छ । मंगलबार सर्वोच्चमा बिनुसँगै पुगेकी ज्यास्मिन महिला अधिकारवादी हुन् । बिनुले यसअघि रामेछाप जिल्ला अदालतको इजलासमा विष सेवन गरेर आत्महत्या प्रयास गरेकी थिइन् । पतिविरुद्ध उनले दायर गरेको मुद्दा अहिले पाटन उच्च अदालतमा विचाराधीन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
-
तीनपटक म्याद थप : सकिएन बृहत् लिफ्ट आयोजना
-
‘खस भाषालाई कर्णालीको कामकाजको भाषा बनाउनुपर्छ’
-
गुठी जग्गा उपयोग प्रभावकारिता बढाउने गृहकार्यमा मन्त्रालय
-
किसमिसलाई रातभर दूधमा भिजाएर राख्नुहोस्, बिहान उठेर खाँदा धेरै फाइदा मिल्छ
-
सालको पातको दुना–टपरी बनाएर मासिक २० हजार आम्दानी