बालकलाई रातभर झिमिक्क गर्न नदिएर टिभी हेराएपछि (भिडियोसहित)

आमाबाबुले आफ्ना छोराछोरीहरूलाई अनुशासन दिन्छन् र तिनीहरूलाई विभिन्न तरिकाले जीवनका मूल्य मान्यता सिकाउँछन् । यद्यपि, एक चिनियाँ दम्पतीले आफ्नो बच्चालाई पाठ सिकाउन हद पार गरेका छन् । धेरै टेलिभिजन हेरेको भन्दै आठ वर्षीय छोरालाई अभिभावकले दण्डस्वरुप रातभर टेलिभिजन हेर्न बाध्य पारेको साउथ चाइना मर्निङ पोस्टले रिपोर्ट गरेको छ ।
आउटलेटका अनुसार बुबा आमा बाहिर जाँदा मध्य चीनको हुनान प्रान्तका आठ वर्षीय बालकलाई घरमै छोडिएको थियो बाबुआमाले उनलाई गृहकार्य समाप्त गरेर राति साढे ८ बजेसम्म सुत्न भनेका थिए । तर, उनीहरु घर फर्किदासम्म आफ्नो छोराले टिभी हेरिरहेका थिए । बालकले आफ्नो पनि गरेका थिएनन् । बाबुआमा घर आएपछि उनी लुसुक्क सुत्न गएका थिए ।
बच्चाको व्यबहारबाट बाक्क परेकी आमाले उसलाई तानेर बैठक कोठामा लगेर टिभी अन गरिन् र रातभरि हेर्न बाध्य गरिन्। बच्चालाई निगरानी गर्न रातभर बाबुआमा पालैपालो रातभर जाग्राम बसे । बालक चाँडै थकित हुन थाले र बस्न तथा हेर्न नसक्ने भए । तर बाबुआमाको जिद्धीको अगाडि केही लागेन । उनलाई टेलिभिजन हेरिरहन कर लगाइयो । उ निदबाट बच्न संघर्ष गर्यो । रुदै आमासँग सुत्न अनुमति माग्यो । जति बिन्ति गरे पनि क्रुर आमाले सुनिनन् ।
चीनमा सामाजिक सञ्जाल वेबसाइटहरूमा भाइरल भएको सो घटनाको एक सीसीटीभी फुटेजमा बालकलाई सोफामा सुतिरहेको देख्न सकिन्छ । बालकलाई बुबा आमाले ब्यूँझाउने र टेलिभिजन हेरिरहन कर गरेको देख्न सकिन्छ । उनलाई बिहान ५ बजेसम्म सुत्न दिइएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको मुद्दाले एनआरएनलाई कुनै असर गर्दैन : उपाध्यक्ष शर्मा
-
भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै सुन्तला
-
कोभिड र भूकम्पपछि मानसिक समस्या एकदमै बिकराल बनेको छ : डा.पाण्डे (अन्तर्वार्ता)
-
समयअगावै निर्वाचन गराउन पेरुका राष्ट्रपतिबाट भएको अनुरोध अस्वीकार
-
१ वर्ष बितिसक्दा पनि आएन सर्वोच्चको ‘१५ दिन’
-
कविता : आत्मा