बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लगातार दोस्रो दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मङ्गलबार, १३ मङ्सिर २०७९, ११ : ४४
मङ्गलबार, १३ मङ्सिर २०७९

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य घटेको जानकारी दिएको छ । लगातार दोस्रो दिन स्थिर रहेको सुनको मूल्य त्यसयता लगातार दोस्रो दिन घटेको हो । आज प्रतितोला १०० रुपैयाँले मूल्य घटेको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ९०० रूपैयाँ कायम छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५०० र तेजाबी सुनको मूल्य ९७ हजार रूपैयाँ थियो ।

हिजो सोमबार पनि सुनको मूल्य घटेको थियो । साताको पहिलो कारोबार दिन आइतबारको तुलनामा तोलामा ३०० रूपैयाँले मूल्य घटेको महासंघले जनाएको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो ।

सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रूपैयाँ कायम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप