बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

झण्डाको अपमानपछि इरानको बयान – अमेरिकाले मूल्य चुकाउनुपर्नेछ

मङ्गलबार, १३ मङ्सिर २०७९, १२ : ०८
मङ्गलबार, १३ मङ्सिर २०७९

इरानले आफ्नो राष्ट्र ध्वजको ‘अपमान’ पछि अमेरिकालाई ‘मूल्य चुकाउनुपर्छ’ भन्दै धम्की दिएको छ ।

इरानको सरकारी समाचार एजेन्सी आइआरएनएका अनुसार राजनीतिक मामिलाका उपाध्यक्ष मोहम्मद देहकनले अमेरिकी फुटबलर फेडरेशनको वेबसाइटमा इरानको राष्ट्रध्वजसँग गडबडी गरेका कारण अमेरिकाले मूल्य चुकाउनुपर्ने बताएका छन् ।

वास्तवमा यूएस फुटबल फेडरेशनले ट्विटर, फेसबुक र इन्स्टाग्राममा केही ग्राफिक्स पोस्ट गरेका थिए जसमा इरानको झण्डाबाट ‘अल्लाह’ शब्द हटाइएको थियो । इरानको झण्डामा हरियो र रातो रङको बीचमा सेतो रङमा अल्लाह लेखिएको छ ।

अमेरिकाले आधारभूत अधिकारका लागि लडिरहेका इरानी महिलाको समर्थनमा इरानको आधिकारिक झण्डा प्रयोग नगर्ने निर्णय लिएको बताएको छ ।

देहकनले अमेरिकाको यो कदमलाई ‘अनैतिक’ र अन्तर्राष्ट्रिय नियमविरुद्ध भएको बताएको छ ।

उनका अनुसार इरानी प्रशासनले यो मामिलालाई माथिल्लो तहमा लिएर जाने र अमेरिकाले आफ्नो गैर कानुनी कामका लागि मूल्य चुकाउनुपर्नेछ ।

इरानको फुटबल फेडरेशनले पनि फिफासँग यो मामिलाबारे आफ्नो असन्तुष्टि व्यक्त गरिसकेको छ ।

यस्तै, अमेरिकाले आधारभूत अधिकारको लडाईं लडिरहेका इरानी महिलाको समर्थनमा इरानको आधिकारिक झण्डा प्रयोग नगर्ने निर्णय गरेको बताएको छ ।

इरानमा सेप्टेम्बर महिनामा २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि पूरा देशमा सरकार विरोधी प्रदर्शन जारी छ । अमिनीलाई इरानको मोरालिटी प्रहरीले हिरासतमा लिएको थियो ।

यद्यपि, इरानी प्रहरीका अनुसार महसाको मृत्यु हृदयाघातका कारण भएको थियो ।

इरानले यसअघि अमेरिका र अन्य देशमाथि प्रदर्शनलाई प्रश्रय दिएको आरोप लगाइरहेको छ । प्रदर्शनकारीमाथि इरानको कारवाहीपछि अमेरिकाले पनि थुप्रै इरानी अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिका र इरानबीच सन् १९८० देखि कुटनीतिक सम्बन्ध छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप