बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आज काठमाडौं महानगरपालिका सुकुम्वासी बस्तीमा नजाने

मङ्गलबार, १३ मङ्सिर २०७९, १२ : १७
मङ्गलबार, १३ मङ्सिर २०७९

सुकुम्वासी बस्ती हटाउने अभियानबाट काठमाडौं महानगरपालिका तत्कालका लागि पछि हटेको छ । सोमबार थापाथलीस्थित सुकुम्वासी बस्तीमा हटाउन पुगेको काठमाडौंं महानगरपालिको नगर प्रहरी र सुकुम्वासीबिच झडप भएको थियो । सो झडपमा परि महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित नगर प्रहरी घाइते भएका थिए । 

सुकुम्वासीहरूले खुकुरी लगायतका घरेलु हतियार बोकेर आक्रमणमा उत्रिएपछि महानगर पछि हटेको थियो । आज सुकुम्वासी बस्ती हटाउन जाने कुनै योजना नरहेको काठमाडौंका नगर प्रहरी पाण्डेले जानकारी दिए । उनले नगर प्रहरीमाथि आक्रमण हुँदा समेत प्रहरी प्रशासन मूकदर्शक भएको आरोप लगाउँदै आक्रमण गर्ने विरुद्ध जाहेरी दिँदा समेत पक्राउ नगरेको बताए । 

मङ्गलवार बिहान १० बजे सुकुम्वासीहरूको एक समूह काठमाडौं महानगरपालिकाको गेटमा पुगेर १ घण्टा महानगर प्रमुख बालेन्द्र शाहविरुद्ध प्रदर्शन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप