शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महानगरपालिका कार्यालय अगाडि सुकुमबासीहरूको विरोध प्रदर्शन, बालेनविरुद्ध नाराबाजी

मङ्गलबार, १३ मङ्सिर २०७९, १२ : ३१
मङ्गलबार, १३ मङ्सिर २०७९

काठमाडौं थापाथलीस्थित बागमती नदी किनारका सुकुमबासीहरूले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । धेरै संख्यामा जम्मा भएका सुकुमबासीहरूले आफूहरुलाई सुकुमबासी बस्तीबाट महानगरपालिकाले बलपूर्वक हटाउन लागेकोमा विरोध प्रदर्शन गरेका हुन् । महानगरपालिकाले सोमवार सुकुमबासी वस्ती हटाउनका लागि डोजर लिएर गएपछि सो क्षेत्र तनावग्रस्त बनेको थियो । 

महानगरपालिकाको कदमप्रति सुकुमबासीहरूले प्रतिरोध गर्दा केही महानगर प्रहरीहरू घाइतेसमेत भएका थिए । नाराबाजीसहित महानगरपालिका पुगेका सुकुमबासीहरुले महानगरपालिकाका प्रमुख बालेन्द्र साह बिरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले सुकुमबासी एक हौँ, बालेन साह होसियार, सूचना आतंक बन्द गर लगायतका नाराबाजी गरेका थिए ।

‘भूमिहीन, सुकुमबासी, अव्यवस्थित बसोवासी र स्ववासीका घर, टहरा जबरजस्ती हटाउनका लागि प्रकाशित सूचनाको बिरुद्ध वृहत् खबरदारी र्‍याली’ नाम दिइएको विरोध प्रदर्शनमा निधारमा कालोपट्टि बाँधेर प्रदर्शनकारी उपस्थित भएका थिए । सुकुमबासी संवद्ध दुई दर्जनभन्दा बढी संघ, संगठन र मोर्चाहरुको नाममा विरोध प्रदर्शन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप