एक फाइट र केही दृश्य बाँकी राख्दै काठमाडौं फर्कियो ‘नाई न भन्नु ल ६’

एक फाइट र केही दृश्य बाँकी राख्दै काठमाडौं फर्कियो ‘नाई न भन्नु ल ६’
फिल्म ‘नाई न भन्नु ल ६’ युनिट काठमाडौं फर्किएको छ । करिब ९० प्रतिशत छायांकन झापाको बिभिन्न स्थानमा सकाएर निर्माण युनिट मंगलबार फर्किएको हो । फिल्मको एक फाइट र बाँकी छायांकन काठमाडौंमा गर्ने गरेर फिल्म युनिट फर्किएको निर्माता मध्यका एक कलाकार उत्तम केसीले बताए ।
फिल्मको छायांकन तिहार अगाडि काठमाडौँबाट सुरु भएको थियो । काठमाडौमा केही दिन छायांकनपछि निर्माण युनिट झापा पुगेको थियो । फिल्मका निर्देशक विकाशराज आचार्य हुन् ।
फिल्ममा नव अभिनेता आर्शीवाद क्षेत्री र आँचल शर्मा मुख्य भुमिकामा छन् । हिट फिल्म ‘नाई नभन्नु ल’ को छैठौ श्रृङ्खलाको रुपमा निर्माण हुन लागेको फिल्म बालमनोविज्ञानको कथामा बन्न लागेको हो । फिल्मका छायांकार पुरुषोत्तम प्रधान हुन् ।
आगामी वैशाख १ गते फिल्म रिलिज गर्ने निर्माण युनिटको योजना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लापसे गरेर गाडी चलाउँछन् चालक
-
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु
-
एभर्टनसँग आर्सनल स्तब्ध
-
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मुख्यमन्त्री अधिकारी
-
आफ्नो लगानीमा भएको निजी स्कुल देखाउन रावललाई मन्त्री खनालको चुनौती
-
पुरानो बानेश्वर घटना : श्रीमतीलाई आफन्तकहाँ पठाएर छोरीको हत्या, घटनास्थलबाट ‘सुसाइड नोट’ बरामद