मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘केपीजी करेक्सन नहुँदासम्म वाम एकता हुँदैन’

गठबन्धन एउटा दलसँग तर भोट ट्रान्सफर अर्कै दललाई भयो : देवप्रसाद गुरुङ
मङ्गलबार, १३ मङ्सिर २०७९, १३ : ००
मङ्गलबार, १३ मङ्सिर २०७९

नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ सत्तारुढ गठबन्धनको साझा उम्मेदवारका रूपमा लमजुङबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका थिए । तर, उनी नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पराजित हुन पुगे । 

गुरुङ यो नतिजालाई अनपेक्षित मान्छन् । तर निर्वाचन परिणामलाई भने स्वीकार गर्ने बताउँछन् । आफूले राष्ट्रियताको मुद्दा जोडतोडले उठाएको कारण बाह्य शक्तिले निर्वाचन प्रभावित गरेको हुनसक्ने उनको ठम्याई छ । आम निर्वाचनको परिणाम अन्तिम चरणमा पुग्दा गुरुङसँग रातोपाटीका रोहित दाहालले निर्वाचनको समीक्षा, गठबन्धन र माओवादीको आगामी दशा र दिशाबारे कुराकानी गरेका छन् । प्रस्तुत छ अन्तरवार्ताको सम्पादित उतार:

–तपाईंको निर्वाचनको जुन परिणाम आयो, त्यसमा तपाईंको अपेक्षित वा अनपेक्षित के थियो ?

जनमतको हिसाबले अनपेक्षित थियो भन्ने लाग्छ । लमजुङको १५ दिनको प्रचारात्मक अभियानमा जुन जनमतको लहर देखिएको थियो त्यस हिसाबले पराजित भएको भन्ने लाग्दैन । तर परिणाममा र मत सङ्ख्या हेर्दा निश्चित रूपमा पराजय भएको छ । निर्वाचन हो, निर्वाचनमा हार–जित स्वाभाविक रूपमा भइहाल्छ । त्यस हिसाबले  निर्वाचनको परिणामलाई सहज ढङ्गले स्वीकार गरेको छु । 

 –तपाईंले परिणामलाई सहज ढङ्गले स्वीकार गरे पनि पार्टीको महासचिव हुनुहुन्छ । जनमतको पनि बलियो हुनुहुन्थ्यो । यसरी पराजयका कारणहरू केके हुन सक्छन् ? 

 नेपालको राष्ट्रिय राजनीतिमा विडम्बनाको विषय भनौँ वा के भनौँ, राजतन्त्रको विस्थापनपछि मुलुकमाथि विभिन्न ढङ्गले शक्ति केन्द्रको क्रीडास्थल बन्ने बनाउने प्रक्रिया भइरहेका छन् । त्यसबाट मुलुकलाई मुक्त गराउनुपर्ने हो । त्यसबाट मुक्त नगराएसम्म नेपालको राजनीतिका आन्तरिक मामिलाहरूमा प्रत्यक्ष वा परोक्ष ढङ्गले बाह्य शक्तिहरू खेलिरन्छन् । राजतन्त्र विस्थापित भएपछि नेपालको राजनीतिक कोर्समा अन्तर्विरोध पनि परिवर्तन भएको अवस्था छ । नेपाली देशभक्त जनता, राष्ट्रवादी शक्तिहरू र डेमोक्रेटिक फोर्सहरू एकातिर बाह्य शक्तिसँग दलाली गर्ने र विछलग्गु बन्ने खालका शक्तिहरू अर्कोतिर भएर अन्तर्विरोध छ । यो कन्ट्राडिक्सनलाई हल गरेर मुलुकलाई स्वाधीनताको दिशातिर लैजानुपर्ने आवश्यकता देखिएको छ । 

 राष्ट्रियताको मुद्दा जसरी उठाउँदै आइयो, शायद त्यसैको उपज हुनुपर्छ भन्ने लाग्छ मलाई । नेपालको राजनीतिको आन्तरिक मामलाहरूमा विभिन्न ढङ्गले हस्तक्षेप हुने क्रममा राष्ट्रियताको पक्षमा आवाज उठाउनेहरूलाई कुनै न कुनै हिसाबले विस्थापित गर्ने प्रक्रियाका रूपमा गएको देखिन्छ । 

 –यसको मतलब तपाईंलाई हराउन बाह्य शक्ति लागेका हुन् ?   

 त्यो दिशातिर जबसम्म मुलुक जान सक्दैन तबसम्म निर्वाचनको मामला होस् वा सरकार गठबन्धनको मामला होस्, या संसद् विघटनको मामला होस् यी सबै राजनीतिक कोर्सहरूमा कुनै न कुनै ढङ्गले शक्ति केन्द्रहरूले क्रीडास्थल बनाइराख्ने छन् । 

 –एमसीसीको जुन परियोजना थियो, एमसीसीको तपाईंले पार्टीभित्रै पनि विरोध गर्नुभएको थियो । यसले तपाईंलाई हराउने काम गर्‍यो कि ? 

 लामो समयदेखिको राजतन्त्र अन्त्य भइसकेपछि पनि सामान्तवाद विस्थापित नहुँदा डेमोक्रेसीको मुद्दा प्रमुख बनेको थियो । डेमोक्रेसी प्राप्त गर्न आन्दोलन हुने मुख्य कुरा थियो । तर डेमोक्रेसी एक ढङ्गले स्थापित भइसकेपछि मुलुकको कार्यभार स्वाधीन बनाउने हो । मुलुकलाई स्वाधीन बनाउने यात्रामा लाग्दा राष्ट्रिय स्वाधीनताको मुद्दा मुख्य बनेर आयो । राष्ट्रिय स्वाधीनका मुद्दाहरू प्रतिकूलता देखिँदा कुनै पनि घटना परिघटना, सन्धि, सम्झौतालगायत जेजस्ता परिघटना देखापर्छन् ती नेपालको राष्ट्रियहित प्रतिकूलका घटनाका रूपमा सोच्नुपर्ने कुरा छन् ।  

 –तपाईं पराजयको मुख्य कारण एमसीसी हो भन्दा ठीक हुन्छ कि हुँदैन ?  

 राष्ट्रियताको मुद्दा जसरी उठाउँदै आइयो, शायद त्यसैको उपज हुनुपर्छ भन्ने लाग्छ मलाई । नेपालको राजनीतिको आन्तरिक मामलाहरूमा विभिन्न ढङ्गले हस्तक्षेप हुने क्रममा राष्ट्रियताको पक्षमा आवाज उठाउनेहरूलाई कुनै न कुनै हिसाबले विस्थापित गर्ने प्रक्रियाका रूपमा गएको देखिन्छ । 

 –नेपालको राजनीतिमा पहिला भारतको हस्तक्षेप थियो । अहिले अमेरिकाको छ भन्ने अर्थ लाग्यो त ?  

यो मुलुक त्यो मुलुक भनेर भन्दिनँ । मुलुक स्वयं समस्या होइन । जुनसुकै मुलुकमा पनि चिन्तन, प्रवृत्ति प्रमुख कुरा हो । चिन्तन प्रवृत्तिका हिसाबले यतिबेला तेस्रो मुलुकमा स्वाधीनताको प्रतिकूलमा रहेका एकाधिकारवादी, सर्वसत्तावादी, प्रभुत्ववादी विश्वव्यापी अहङ्कार र प्रभुत्वादी जुन चिन्तन प्रवृत्ति छ, त्यो नै समस्या हो । 

अहिलेका आइरहेका परिणामहरूलाई हेर्दा निश्चित रूपमा पार्टीका लागि जेजति सिट प्राप्त भए, त्यति अपेक्षित नतिजा होइन । 

 –महासचिव भएपछि पार्टीमा अन्तर्विरोध भयो, त्यसपछि तपाईंले लमजुङबाट जित्न सक्नुभएन भन्ने कुरा पनि आएका छन् ? 

 पार्टीको कुरा मैले त्यो रूपमा बुझेको छैन । त्यस्तो देखिएको पनि छैन । पार्टी तलदेखि माथिसम्म युनिफाइड भएर लडेको हो । पार्टीको समस्या देखिँदैन । निर्वाचन भनेको स्थानीय रूपमा जनसम्बन्धलाई विस्तार गर्दै अघि बढ्ने कुरा हो । आमजनमतलाई त्यो ढङ्गले कन्भिन्स गरेर अगाडि बढाउने कुरा हो । त्यस प्रकारको निर्वाचनमा जनस्तरबाटै प्रभाव पारेर अगाडि बढ्ने सवालमा कतै न कतै राजनीतिक दलहरू राजनीतिक नेताहरू प्रभावित भएको हुन सक्छ । जानेर वा नजानेर कतै प्रभावित भएको हुन सक्छ । जानजान नै प्रभावित भएको भन्न नसकिएला । अन्जानवश कतिपय नेता कार्यकर्ताहरू प्रभावित भएका हुन सक्छन् । 

 –लमजुङका माओवादी नेताहरूको पूर्ण सहयोग भएन भन्ने निष्कर्ष पनि हो ? 

माओवादी पार्टीकै सन्दर्भमा त्यस्तो पाउँदिनँ । त्यस्तो अनुभूति गरेको पनि छैन । पार्टीका नेता कार्यकर्ताले पूर्ण रूपमा सहयोग गरेको अवस्था हो । 

 –त्यसो भए कांग्रेसले सहयोग गरेन हो ? 

लमजुङको लिडिङ अवस्थामा कांग्रेसकै भोट हो । त्यसपछि माओवादी र एकीकृत समाजवादी हुन् । त्यसमध्ये माओवादी र एकीकृत समाजवादीका नेताहरूको तलमाथि भएको पाएको छैन । एकाध एक दुई जना नेताहरू दायाँबायाँ हुने कुरालाई जहाँ पनि रहन सक्छ । आमरूपमा त्यस्तो पाएको छैन । कांग्रेसको भोट नै निर्णायक हो । उहाँहरूको भोट एक ठाउँमा केन्द्रित हुन सकेन । घण्टीमा मात्रै नगएर एमालेमा पनि मत गयो । एमालेको भोट कांग्रेसका प्रदेश सभातर्फ उम्मेदवारमा डाइभर्ट भयो । कांग्रेसको भोट एमालेमा केही हदसम्म गएको देखिन्छ । 

माओवादीमा जति भोट ट्रान्सफर हुनुपर्ने हो त्यति भएन । विपक्षमा भोट ट्रान्सफर हुने प्रवृत्ति के हो भन्ने हो ?

 –माओवादीले जति मत ल्यायो त्यसलाई कसरी लिनुभएको छ ? 

अहिलेका आइरहेका परिणामहरूलाई हेर्दा निश्चित रूपमा पार्टीका लागि जेजति सिट प्राप्त भए, त्यति अपेक्षित नतिजा होइन । 

 –माओवादीले अनपेक्षित नतिजा ल्याउनुका कारणहरू के–के हुन ?

 मुख्य रूपमा हेर्दा गठबन्धन घटक दलहरूको पूर्ण रूपमा सहयोग प्राप्त हुन सकेन । यस्तै अर्को रूपमा भन्दा भोट ट्रान्सफर भएन भन्ने पनि देखिन्छ । माओवादीलाई भोट ट्रान्सफर नभएर मतदान नभएको भए वा कतै स्वतन्त्र उम्मेदवारतिर डाइर्भट भएको भए एउटा कुरा हुन सक्थ्यो । भोट ट्रान्सफर विपक्षमा जाँदा समस्या भयो ।

माओवादीमा जति भोट ट्रान्सफर हुनुपर्ने हो त्यति भएन । विपक्षमा भोट ट्रान्सफर हुने प्रवृत्ति के हो भन्ने हो ? गठबन्धन एउटा दलसँग हुने वा गठबन्धन एउटामा हुने भोट ट्रान्सफर अर्कोमा हुने भयो । यो चिन्तन स्वाभाविक कि अस्वाभाविक भन्ने हो । यस्तो खालको अस्वाभाविक कार्यमा कुनै न कुनै प्रकारको चलखेल, षड्यन्त्र भएको हुन सक्छ । 

कांग्रेसमा कुनै ठाउँमा एउटा पक्ष, कुनै ठाउँमा अर्कोपक्ष भएकाले एउटा पक्षमा मात्रै केन्द्रित भएको देखिँदैन । ठाउँअनुसार विविधतामा गएको छ । कहाँ, कसलाई परिचालन गर्दा माओवादीलाई हराउन सकिन्छ, त्यहीँ भएको देखिन्छ ।

 –तर तपाईंहरूको समानुपातिकमा पनि त्यति भोट आउने देखिँदैन ?

समानुपातिकतर्फ भोट जति आउनुपर्ने हो आएको छैन । समानुपातिक भोट न्यून देखिनुको पछाडि मैले पाएको रिपोर्टअनुसार ठ्याक्कै प्रतिशतमा निकालिसकेको छैन । जुन भोट बदर भएको छ, त्यो बदर भएको ९० प्रतिशत माओवादी र कांग्रेसमा केन्द्रित छ । कांग्रेस र माओवादी सहकार्यमा भएको हुनाले मतदाताले रुख र हँसिया हथौडा दुवैमा हाल्ने गरेको पाइयो । समानुपातिकमा दुवैतर्फ भोट हाल्ने प्रबल रूपमा भएकाले कम मत आयो ।

 –चुनावमा अपेक्षित नतिजा आएपछि गठबन्धन काम लागेन है ?

गठबन्धनको तर्फबाट जति तयारी गर्नुपर्ने हो, तलदेखि माथिसम्म जति युनिफाइड गराउनुपर्ने हो, त्यो रूपमा गराउन सकिएन । यो निर्वाचन जनस्तरमै सहकार्य गर्ने निर्वाचन हो । माथिका नेताहरू मात्रै सहकार्य गरेर हुने होइन । व्यापक रूपमा जनस्तरमा गरिने सहकार्य अपेक्षाकृत रूपमा त्यति सफल हुन सकेको छैन । जति हामीले तयारी गर्नुपर्ने थियो त्यो गर्न नसक्दा कतिपय शक्ति केन्द्रले खेल्ने मौका  पाए । 

  जे जस्तो मिस्टेक गर्नुभएको छ, केपीजीले करेक्सन नगर्दासम्म हुँदैन । अर्को कुरा यो व्यवस्थाप्रतिको प्रतिबद्धता के हो ? भन्ने कुराको प्रश्न उठिरहेको छ । त्यसकारण यी विषयवस्तुको बारेमा उहाँले अहिलेसम्म आत्मालोचना वा आत्मसमीक्षा गर्न सक्नुभएको छैन ।

 –अब गठबन्धनमा रहेर जान सकिन्छ कि सकिँदैन ?

कांग्रेसमा कुनै ठाउँमा एउटा पक्ष, कुनै ठाउँमा अर्कोपक्ष भएकाले एउटा पक्षमा मात्रै केन्द्रित भएको देखिँदैन । ठाउँअनुसार विविधतामा गएको छ । कहाँ, कसलाई परिचालन गर्दा माओवादीलाई हराउन सकिन्छ, त्यहीँ भएको देखिन्छ ।

 –त्यो भए एमाले र कांग्रेसबीच भोट ट्रान्सफर भयो भन्न खोज्नुभएको हो ?

निश्चित रूपमा मैले त्यही भन्न खोजेको हो । एमाले र कांग्रेसबीच जुन भोट ट्रान्सफर भएको छ, यो सहज होइन । यो निर्वाचन पुँजीवादी खालको हो । यस्तो निर्वाचनमा धोकाधडी, षड्यन्त्र र तिकडमहरू हुन सक्छन् । एकले अर्कोलाई पराजित गराउने जस्ता विभिन्न खालका घटना परिघटनाहरू हुनसक्दैन भन्न सकिँदैन, हुन सक्छ । यस घटनालाई हेरेर मात्रै सिङ्गो राष्ट्रिय राजनीतिलाई हेर्नुहुँदैन । सिङ्गो राष्ट्रिय राजनीतिलाई हेर्दा समग्रतामा के गर्दा फाइदा हुन्छ, के गर्दा राष्ट्र बचाउन सकिन्छ ? के गर्दा डेमोक्रेसीलाई बचाउन सकिन्छ भनेर हेर्नुपर्छ । 

अहिलेको निर्वाचनमा स्वतन्त्रताको नाममा निर्दलीयताको ट्रेन्ड देखापर्‍यो । स्वतन्त्रताको नाममा निरपेक्ष रूपमा दलहरूलाई विस्थापित गर्ने खालको ट्रेन्ड देखा पर्‍यो । स्वतन्त्र समूहको नाममा यो व्यवस्थालाई नै विस्थापित गर्ने ट्रेन्ड देखा पर्‍यो । स्वतन्त्रताको नाममा राष्ट्रिय स्वतन्त्रतालाई कुण्ठित गर्ने खालको ट्रेन्ड देखापर्‍यो  । समग्र रूपमा डेन्जरस खालको प्रवृत्ति देखा परिरहेको छ । यो विषयमा जनतालाई थाहा नहुँदा गलत दिशातिर गई रहेको छ ।  

संविधानले व्यवस्था गरेको विधि पछ्याउनुको विकल्प छैन । त्यही विधिमा टेकेर अधिकतम सहमति कति जुटाउन सकिन्छ, सहमतिको प्रयास गर्ने हो ।

 –तपाईंहरूको शासन व्यवस्थाको अकर्मण्यताले भोट उता गएको हो भन्ने लाग्दैन ?

हो, कतिपय अकर्मण्यता कारण कतिपय जनपक्षीय नीतिहरू अवलम्बन गर्ने कुरामा सीमा र कमीकमजोरीका कारण जनमत विपक्षमा जानै सक्दैन भन्ने होइन । त्यो रूपमा जाने जनमतलाई सम्मान गर्छौँ, कदर गर्छौँ । अहिले जुन खालको जनमतको ट्रेन्ड देखा परेको छ । त्यस जनमतको अपमान गर्न चाहन्नँ । जनमतको सम्मान गर्न चाहन्छु, कदर गर्न चाहन्छु । जनमतले यो सिस्टमलाई उल्ट्याउँछ भने पनि सम्मान गर्दछु । तर राजनीति भनेको अहिलेको निर्वाचन मात्रै हेर्ने भन्ने हुँदैन । समग्रतामा हेर्नुपर्ने हुन्छ । समग्रमा मुलुकलाई कता लैजाने भन्ने विषयमा हेर्नुपर्ने हुन्छ । अहिले जुन खालको प्रवृत्ति र शक्ति केन्द्रको प्रभाव देखा परे । त्यो ट्रेन्ड प्रवृत्तिहरू सकारात्मक छैन । देश, जनता र राष्ट्रका लागि सकारात्मक छैन । 

 –अहिले स्वतन्त्रका नाममा जुन परिणाम आइरहेका छन्, यो राष्ट्रयता र डेमोक्रेसीका लागि अनुकूल छैन ? 

 अहिले जुन जनमत आइरहेको छ डेमोक्रेसीका लागि प्रतिकूल छ । राष्ट्रिय स्वाधीनताका लागि पनि प्रतिकूल छ । दलहरूका सीमा हुन्छन्, कमीकमजोरी हुन सक्छन् । कमिकमजोरी र सीमारहित कोही पनि हुँदैन । कतिपय सीमा र कमिकमजोरी रहेका छन् भन्ने नाममा सिस्टमलाई नै उल्ट्याउने खालका प्रवृत्तिहरू देखापरेका छन् । सिस्टम उल्ट्याउने प्रवृत्तिले प्रकारन्तरले अस्थिरता र अराजकतातिरको दिशातिर जान्छ । अस्थिरता र अराजकताको दिशातिर जाने प्रवृत्तिले मुलुकको राष्ट्रिय अस्मितामाथि नै सङ्कट निम्त्याउने छ । 

 –आगामी सरकार कसरी बनाउनुहुन्छ ? 

अहिले के गर्दा मुलुकको हित हुन्छ, के गर्दा अहित हुन्छ भन्ने कोणबाट हेर्नुपर्छ । निर्वाचन भइसकेपछि संसद्ले सरकार दिनुका विकल्प छैन । संसद्को बनावट हेर्दा त्रिसङ्कोच खालको संसद्मा गयो । यो भनेको अस्थिरता र अराजकताको बीजारोपण हो । अब मुलुक अस्थिरता र अराजकतातिर जाने प्रवृत्ति देखा पर्‍यो । त्यसलाई कसरी चेक एन्ड ब्यालेन्स गर्ने भन्ने हो । यदि यस्तै खालको प्रवृत्ति हाबी हुँदै जाने हो भने सरकार दिन नसक्ने, सरकार दिन नसक्दा ढिलोचाँडो संसद् विघटन हुने अवस्थामा पुग्ने र फेरि चुनाव हुने वा जनमत सङ्ग्रह हुनेलगायत विभिन्न ढङ्गको अस्थिरता हुने देखिन्छ । त्यसले राष्ट्रिय अस्मितालाई गम्भीर असर पुर्‍याउने देखिन्छ । मुलुकलाई त्यतातिर जान नदिन कुनै न कुनै रूपमा सरकार दिनुका विकल्प छैन । 

एउटा गठबन्धनको विकल्पमा अर्को गठबन्धन खडा गरेर जानेभन्दा पनि सबै मिलेर जानुपर्छ । सबै मिलाएर जाने अवस्था नभए पनि प्रयास जारी राख्ने हो ।  

 –यही गठबन्धनले सरकार दिनुपर्छ भन्ने हो ?

दलहरूले आपसी सहयोगले सरकार दिनुपर्छ । सहमतिले सरकार दिन नसकेमा विधिले ५१ प्रतिशतमा टेक्नै पर्‍यो । संविधानले जुन विधि बनाइदिएको छ, त्यसलाई टेक्नै पर्छ ।

 –सहमतिको सरकार भनेको सबै दलहरू मिलेर बनाउने भन्न खोज्नु भएको हो ?

निश्चित रूपमा यो संविधानले सत्तापक्ष प्रतिपक्ष सबैको व्यवस्था गरेको छ । हामीले सहमतीय डेमोक्रेसीको अभ्यासमा जानुपर्छ भनेका थियौँ । निर्वाचन प्रणाली पूर्ण समानुपातिक गरौँ । शासन सञ्चालन गर्ने सवालमा सहमतिका ढङ्गले गर्ने व्यवस्था गरौँ भनेकै हो । सहमति हुनै नसक्ने अवस्थामा ५१ प्रतिशत बाध्यात्मक भएर जाने भनिएको थियो । हामीले सत्तापक्ष र विपक्षको मान्यताबाट जान हुँदैन भन्दै आएका छौँ । अहिले पनि सहमतीय सरकारको आवश्यकता भइरहेको छ । तर प्रणालीमा सत्तापक्ष र विपक्षको अवस्था कायम भएकाले मान्नुपर्ने भयो । 

 –सरकार कुन कुन पक्षको बन्छ ?

संविधानले व्यवस्था गरेको विधि पछ्याउनुको विकल्प छैन । त्यही विधिमा टेकेर अधिकतम सहमति कति जुटाउन सकिन्छ, सहमतिको प्रयास गर्ने हो । हुन नसकेमा ५१ प्रतिशत सत्ता पक्षले मिट गर्छ कि विपक्षले गर्छ हेर्न बाँकी छ । तर तुलनात्मक रूपमा सत्ता पक्षकै बढी सम्भावना देखिन्छ । सबैलाई कसरी आपसमा मिलाउने भन्ने हाम्रो प्रयास जारी रहने छ । 

 –अहिलेकै सत्ता गठबन्धन मिलेर सरकार बनाउनुहुन्छ कि माओवादी एमालेसँग मिलेर सरकार बनाउँछ ? 

एउटा गठबन्धनको विकल्पमा अर्को गठबन्धन खडा गरेर जानेभन्दा पनि सबै मिलेर जानुपर्छ । सबै मिलाएर जाने अवस्था नभए पनि प्रयास जारी राख्ने हो ।  

 –२०७४ को परिणामलाई हेर्ने हो भने माओवादीको एक खालको लज्जास्पद पराजय भयो । अब  ५ वर्ष सरकारमा नगए हुन्थ्यो भन्ने लागेको छैन ?

 आफ्नो पदको प्रश्नलाई मात्रा हेर्न, आफ्नो प्रतिष्ठाको प्रश्नलाई मात्रा हेर्न, कुर्सीको प्रश्नलाई मात्रा हेर्न थालियो भने त्यसले अस्थिरता ल्याउँछ । सहमतिको हिसाबमा जाँदैन । त्यसकारण हामीले देशको रक्षा हेर्ने हो । देशको स्वाधीनता, स्थिरता र स्थायित्वलाई हेर्ने हो । मुलुकको स्थिरता र स्थायित्व हुन्छ भने प्रधान पक्ष त त्यो हो । त्यसैले ५ वर्ष रन गर्नको लागि के गर्दा राम्रोसँग रन गर्न सकिन्छ भनेर हेर्नुपर्छ । 

लज्जास्पद पराजय त म भन्न चाहन्न । तर जति सिट प्राप्त हुनुपर्ने हो, त्यो भएको छैन । 

 –तपाईंले एमालेका पृथ्वीसुब्बा गुरुङको जितमा बधाईं दिँदै वाम एकताको लागि प्रयास थाल्नुहोला भन्नुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीका प्रचण्डलाई बधाई दिने क्रममा मिलेर जाऔँ भन्ने खालको कुरा आएको छ । यसले कतै पुनः एक ठाउँमा हुने अवस्था त होइन ? 

 निश्चित रूपले निर्वचनको परिणाम आएपछि हारजित भन्ने कुरा स्वाभाविक प्रक्रिया हो । योअनुसार एकअर्को बीच सम्मान गर्ने कुरा स्वाभाविक हो । तर त्यो क्रममा सम्झना भएसम्म कुनै पनि कुरा भएको छ जस्तो लाग्दैन, किनभने त्यो कुरा पत्रकारको ग्रुपमा भएको हो । अब  भावनात्मक रूपले यस्ता खालको आकाङ्क्षा हुने कुरा भयो । तर त्यस्तो खालको कुरा भएको छैन । दुई जनाबीच के कुरा भयो, मलाई थाहा भएन । एकअर्को बीच बधाई दिने कुरा त स्वाभाविक हो  । अर्को कुरा विचारको हिसाबले समग्र रूपमा एउटा आन्दोलनको हिसाबले भन्दा मिल्नुपर्ने कुरा निश्चित रूपमा हो । हामीले हेर्नुपर्दा डे टु डे को कुरा हेर्नुपर्छ । त्यसरी हेर्नु पर्दा  जे जस्तो मिस्टेक गर्नुभएको छ, केपीजीले करेक्सन नगर्दासम्म हुँदैन । अर्को कुरा यो व्यवस्थाप्रतिको प्रतिबद्धता के हो ? भन्ने कुराको प्रश्न उठिरहेको छ । त्यसकारण यी विषयवस्तुको बारेमा उहाँले अहिलेसम्म आत्मालोचना वा आत्मसमीक्षा गर्न सक्नुभएको छैन । कुनै मूल्याङ्कन र स्वीकार पनि गर्नु भएको छैन । अब स्थापित संसद् विघटन गर्ने, फेरि अर्को संसद्को निर्वचन गर्ने भन्ने कुरा आफैँविरुद्धको कुरा हो ।  

 –तपाईंहरूले घेराबन्दी गर्दा पनि एमालेले ल्याएको जुन सिट छ । त्यसमा तपाईंको प्रतिक्रिया के छ ? एक्लाएक्लै गएको भए एमालेले  बिताउने रहेछ भन्ने लागेन ?

एमाले पनि गठबन्धन बनाएरै गएको थियो, एक्लाएक्लैको प्रश्न होइन ।  कुनै ठाउँबाट वा कुनै जिल्लाबाट उठेको होला । तर गठबन्धन तालमेल जे भने पनि कुनै न कुनै प्रकारको थियो । त्यसकारण एक्लाएक्लै भन्ने कुरा कुनै यथार्थता होइन । गठबन्धन गर्दा विचारमा र लाइनमा  हेर्ने कुरा हुन्छ । गठबन्धन गर्न पाउने स्वतन्त्रता सबैमा छ । तर विचार र लाइनमा हेर्ने हो भने यति अपोजिट खालका विचारहरू एक ठाउँमा भए । विचारको विपक्ष, व्यवस्थाको विपक्ष, गणतन्त्रको विपक्षमा रहेका शक्तिसँग एमालेले सहकार्य गरेको छ ।  

 –अब माओवादीको लज्जास्पद पराजय स्वीकार गर्नुहुन्छ नि ?

लज्जास्पद पराजय त म भन्न चाहन्न । तर जति सिट प्राप्त हुनुपर्ने हो, त्यो भएको छैन । 

 –पार्टी पराजयको जिम्मेवारी पार्टी महासचिवका रूपमा तपाईंले लिने कि पार्टी अध्यक्षले लिनुहुन्छ ? 

निर्वाचन स्वाभाविक प्रक्रिया हो । हारजित भइरहन्छ । यस प्रक्रियामा जिम्मेवारीको हिसाबले पनि निश्चित रूपले जिम्मेवारीहरू आइरहन्छन् । तर त्यो परिघटनाका आधारमा आत्मसमीक्षा गर्दै सुधार गर्दै  लैजानुपर्ने हुन्छ । पार्टी सङ्गठनको हिसाबले, नीतिगत र लाइनको हिसाबले सुधार गर्दै लैजानुपर्छ । अहिले अनुकूल समयमा निर्वचन भएको छैन । अनुकूल समयमा मोर्चाबन्दी बनेको छैन, निर्वचनको तयारी भएको छैन । त्यसकारण यो निर्वाचनको बारेमा पुनर्विचार गर्नुपर्छ  ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप