शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महासेठ तेस्रो पटक संसद्‍मा प्रवेश गर्दै

मङ्गलबार, १३ मङ्सिर २०७९, १३ : २४
मङ्गलबार, १३ मङ्सिर २०७९

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य रघुवीर महासेठले प्रतिनिधिसभा सदस्यमा धनुषा–४ मा विजयी भएपछि तेस्रो पटक संसदीय यात्रा तय गरेका छन् । निर्वाचन आयोगका अनुसार महासेठले ३२ हजार दुई ३६ मत प्राप्त गरे भन उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले ३२ हजार ११२ मत प्राप्त गरे । 

महासेठ २०६५ सालमा संविधानसभा सदस्य उपनिर्वाचनमा धनुषा ५ बाट निर्वाचित भएका थिए । उनी संविधानसभा र तत्कालीन व्यवस्थापिकामा विभिन्न समितिमा रहेर जिम्मेवारी निर्वाह गरेका थिए भने उनी २०७४ सालमा संघीय संसद् प्रतिनिधिसभा सदस्यमा धनुषा-४ बाट विजयी भएका थिए ।

 जनकपुर उपमहानगरपालिका २, धनुषामा बाबु मखन र स्व. मायावती महासेठको कोखबाट २०१८ साल साउन २२ गते जन्मिएका महासेठ हाल नख्खु, ललितपुरमा बस्छन् । उनको पत्नी जुलीकुमारी महतो र एक छोरा, एक छोरी छन् । उनले बि.ई (सिभिल इन्जिनियरिङ) अध्ययन गरेका थिए । 

एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनरास्ववियु) मा २०२८/०२९ सालबाट औपचारिकरुपमा महासेठ राजनीतिमा प्रवेश गरेका हुन् ।

उनी २०३७ सालमा अनेरास्ववियुको प्रथम पूर्वाञ्चल क्षेत्रीय अध्यक्ष निर्वाचित भएका थिए । वि.सं २०३३ सालमा तत्कालीन नेकपा (माले)को सदस्यता लिएर पार्टीगत राजनीति औपचारिक सुरुवात गरेका थिए भने र २०५४ सालदेखि एमालेको केन्द्रीय भएर काम गर्नुभएको थियो । वि.सं २०७६ सालमा एमालेको स्थायी कमिटी सदस्य बनेका थिए । महासेठले २०६८ सालमा जलस्रोत तथा सिँचाइमन्त्री र २०७४ सालमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारीमा काम गरेका थिए ।

उनले २०५१ सालमा उदयपुर सिमेन्ट उद्योगको कार्यकारी अध्यक्ष भएर पनि काम गरेका थिए । उनको विशेष रुचिको क्षेत्र विकास, खेलकुद हो ।

राजनीतिक घटनाक्रमका क्रममा २०२८/०२९ को संघर्षको क्रममा २७ दिन थुनामा बसेका थिए । राजनीतिक आन्दोलनको क्रममा पटक/पटक गरी १३ महिना थुना र जेल जीवन बिताइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप