नेपाल एसबीआई बैंकले ३ प्रतिशत बोनस सेयर दिने
मंगलबार, १३ मंसिर २०७९, १३ : ३०

नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको १०.५३ प्रतिशतले लाभांश घोषणा गरेको हो ।
यसमध्ये कम्पनीले ३ प्रतिशत बोनस सेयरका रूपमा लगानीकर्तालाई वितरण गर्ने छ । यस्तै, ७.५३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने सञ्चालक समितिको बैठकले निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय आगामी वार्षिक साधारण सभा र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि वितरण हुने छ ।
बैंकले गत आर्थिक वर्ष आफ्ना लगानीकर्तालाई ३.५० प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिएको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको लाभांश बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पर्यटन यातायात व्यवसायी संघको चौथो वार्षिक साधारणसभा सम्पन्न
-
आन्तरिक राजश्व कार्यालय जुम्लामा राजश्व असुली निराशाजनक
-
गण्डकी प्रदेशसभा बैठक कक्ष साँघुरो हुँदा खुट्टा छिराउ नै धौधौ
-
मौलापुरमा फागुनको पहिलो साता मधानी महायज्ञ हुँदै
-
नक्कली नोटसहित दुई जना पक्राउ
-
पठान हेर्न बंगलादेशबाट भारत आइपुगे दर्शक