८ वर्षीया गुञ्जनले जितिन् ‘झलक दिखला जा’ को ट्रफी

मुम्बई । चर्चित डान्स रियालिटी शो ‘झलक दिखला जा १०’ को विजेता ८ वर्षीय गुञ्जन सिंह घोषित भएकी छन् । आसामकी गुञ्जनले ट्रफीसँगै २० लाख रुपैयाँ पुरस्कारको रुपमा प्राप्त गरेकी छन् ।
विजेता बनेपछि मिडियासँग कुरा गर्दै गुञ्जनले अब डान्ससँगै पढाइ पनि अगाडि बढाउने बताइन् । ‘शोको ट्रफी जित्न पाउँदा म धेरै खुसी छु । मेरो आमाबाबुले म प्रति गर्व महसुस गर्नुहुनेछ । यो भन्दा ठूलो के हुन सक्छ,’ उनले भनिन् ।
गुन्जनसँगै टिभी अभिनेत्री रुबिना डिलाइक र फैसल शेख पनि शीर्ष ३ भित्र पुगेका थिए । रुबिना र फैसलको साथ र उत्प्रेरणाले आफुले शो जित्न सफल भएको गुञ्जनले बताएकी छन् । ५ वर्षको उमेरदेखि नाच्न थालेंकी गुञ्जन पहिले टिभी हेरेर नाच सिक्ने गर्थिन् । पछि उनका बाबुले नृत्यप्रतिको लगाव देखेपछि डान्स एकेडेमीमा भर्ना गरिदिएका थिए । शोको क्रममा उनले हिप हप, लकिङ, ज्याज लगायतका विभिन्न नृत्य गरेकी थिइन् जुन दर्शक र निर्णायकहरूले मन पराएका थिए ।
ठुलो भएपछि माधुरी दीक्षित र सलमान खानलाई कोरियोग्राफी गर्ने सपना रहेको बताउने गुञ्जनले माधुरीका बोल्ने, कमेन्ट गर्ने लगायतको सबै पक्ष मनपर्ने बताइन् । गुञ्जन आफुले शोबाट जितेको रकमबाट बुबालाई कार उपहार दिन चाँहन्छिन् । ‘म २० लाख रुपैयाँमा मेरो बुबाको लागि कार किन्न चाहन्छु । मेरो बुबालाई कार धेरै मनपर्छ र म उहाँलाई यो जितेको रकमको कार उपहार दिन चाहन्छु’ उनले भनिन् ।
दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका
-
प्रहरीको ३० वर्षे हटाउने प्रस्ताव : घुमिफिरी रुम्जाटार
-
सरकारलाई खर्च जुटाउनै मुस्किल : अघिल्लो वर्षको १ खर्ब ८२ अर्बको टेको
-
संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने विषयमा सत्तारुढ दलबीचमै मत बाझियो
-
कांग्रेस दुई दर्जन केन्द्रीय सदस्यबीच छलफल, देउवालाई भेटेर ध्यानाकर्षण गराउने निर्णय
-
माओवादी पदाधिकारी बैठक : गृहमन्त्री माओवादीको हुनुपर्नेमा नेताहरुको जोड