लक्ष्मी क्यापिटल र सनफार्मरबीच लगानी सम्झौता
निजी इक्विटी र भेन्चर क्यापिटलका लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट र सौर्य उर्जा सेवा प्रदायक कम्पनी सनफार्मरबीच लगानी सम्भाव्यता सम्बन्धी एक सम्झौता सम्पन्न भएको छ ।
समझदारीपत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सनफार्मरका तर्फबाट प्रमुख संचालन अधिकृत हरि श्रेष्ठले हस्ताक्षर गरे ।
सो अवसरमा लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी सापकोटाले मर्चेन्ट बैकिङ तथा परामर्श सेवामा बिगतको सफल अनुभव रहेकोले नवीकरणीय र स्वच्छ ऊर्जामा योगदान पु¥याइरहेको सनफार्मरसँग सहकार्र्य गर्दै लगानी गर्न पाउँदा गर्व महसुस भएको बताए । अन्य परियोजनाहरूको लागि समेत कोसेढुङ्गा सावित हुने उनले विश्वास व्यक्त गरे ।
अमेरिकामा सञ्चालित कम्पनी सनफार्मरले सन २०१४ देखि नेपालमा ४ सय भन्दा बढी सोलार इनर्जी प्रोजेक्ट सम्पन्न गरिसकेको छ । यस कम्पनीले शौर्य ऊर्जासँगै स्वास्थ, शिक्षा र कृषिको समेत प्रवर्द्धन गर्ने उद्देश्यका साथ हालसम्म ७८ लाख ४२ हजार ७८२ युनिट स्वच्छ विद्युत उत्पादन गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थलिँदै राजस्व अनुसन्धान विभाग
-
दबाबमा प्रधानमन्त्री
-
प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न महासचिव ‘विप्लव’ बालुवाटारमा
-
उमेश श्रेष्ठको पाँच पन्ने निवेदन : रवि उम्मेदवार नभएपछि मलाई निर्वाचित भएको घोषित गरियोस्
-
रास्वपा सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बन्यो
-
बागमती प्रदेशसभा : १६ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन