बालिका बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

भारतको बिहारस्थित कैमुर जिल्लाको एक विद्यालयका प्रधानाध्यापकमाथि एक नाबालिग बलात्कारको आरोप लागेको छ । अभियुक्त प्रधानाध्यापकलाई सोमबार पक्राउ गरिएको छ ।
घटना अधौरा प्रहरी चौकी सिकरवार गाउँको हो । सिकरवार गाउँ जिल्ला सदरमुकाम भभुवाबाट करिब ६० किलोमिटर टाढा रहेको पहाडी क्षेत्र हो ।
१४ वर्षीया बालिका गत आइतबार साँझ आफ्ना केही साथीहरूसँग घरबाहिर खेलिरहेको पीडित परिवारको आरोप छ । सोही वडामा पिपरीस्थित माध्यमिक विद्यालयका प्रधानाध्यापकको घर पनि छ । यसैबीच प्रधानाध्यापकले बालिकालाई एकान्त ठाउँमा लगेर बलात्कार गरेका थिए । पीडित बालिका स्कूले विद्यार्थी हुन् तर उनी अर्कै विद्यालयकी विद्यार्थी हुन् ।
प्रहरीका अनुसार अभियुक्त प्रधानाध्यापक र बालिकाको परिवार एउटै जातका र छिमेकमा भएकाले दुवै एकअर्काको घरमा आउने गर्थे । प्रहरीका अनुसार दुई घरबीच राम्रो कुराकानी हुन्थ्यो ।
अधौरा प्रहरी चौकीका इन्स्पेक्टर मनोजले बीबीसीलाई भने, ‘घटना आइतबार साँझ ४.३० बजे भएको थियो र हामीलाई साँझ ७.३० बजे यसबारे जानकारी दिइएको थियो । आरोपित प्रधानाध्यापकलाई सोमबार पक्राउ गरी जेल पठाएका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका
-
प्रहरीको ३० वर्षे हटाउने प्रस्ताव : घुमिफिरी रुम्जाटार
-
सरकारलाई खर्च जुटाउनै मुस्किल : अघिल्लो वर्षको १ खर्ब ८२ अर्बको टेको
-
संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने विषयमा सत्तारुढ दलबीचमै मत बाझियो
-
कांग्रेस दुई दर्जन केन्द्रीय सदस्यबीच छलफल, देउवालाई भेटेर ध्यानाकर्षण गराउने निर्णय
-
माओवादी पदाधिकारी बैठक : गृहमन्त्री माओवादीको हुनुपर्नेमा नेताहरुको जोड