नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक मर्जरको अन्तिम सम्झौता

नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक एकापसमा गाभिने भएका छन् । एकापसमा गाभिनेसम्बन्धी अन्तिम सम्झौता आज सम्पन्न भएको छ । दुवै बैंकका सञ्चालक समितिको बैठकले एकापसमा गाभिने अन्तिम सम्झौता स्वीकृत गरी हस्तान्तरण गरेका हुन् । दुवै बैंकका सञ्चालकले स्वीकृत गरी हस्तान्तरण गरेसँगै दुई बैंक मर्जरको बाटो टुङ्गो लागेको हो ।
नेपाल राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकलाई आगामी पुस २२ गतेसम्म एकापसमा गाभिनका लागि समयसीमा तोकेको छ । राष्ट्र बैंकले तोकिदिएको समयभित्र नै एकापसमा गाभिई एकीकृत कारोबार गर्ने तयारीमा रहेको मर्जर कमिटी सदस्यसमेत रहनुभएका मेगा बैंकका सञ्चालक गोपाल खनालले जानकारी दिए ।
नेपाल इन्भेस्टमेन्ट र मेगा बैंकबीच गत जेठ २७ गते मर्जरको सम्झौता भएको थियो । दुई बैंकबीच १००ः९० को स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो । इन्भेस्टमेन्ट बैंकको एक कित्ता शेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुने सहमति दुई बैंकबीच भएको छ ।
हाल नेपाल इन्भेस्टमेन्ट बैंकको चुक्ता पुँजी १८.३१ अर्ब र मेगा बैंकको १६.१२ अर्ब छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पूँजी रु ३४.४३ अर्ब हुनेछ । मर्जरपछि बन्ने संस्थाको अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे बन्ने सहमति भएको छ । संस्थाको नाम नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको एकैदिन तीन वटा बैठक, लामिछाने केन्द्रीय सदस्यमा मनोनितदेखि सभापति चयनसम्म
-
‘आहा कति राम्री’ भन्दै ‘मिस पवि’ फकाउँदै गायक हिमाल सागर
-
पशुपतिप्रसाद २ भष्मे डन निर्माण हुने
-
सरकारी वेभसाइटमा ‘डीडीओएस अट्याक’ : सबै सर्भर पूर्ण नियन्त्रणमा
-
गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा पौडेल नियुक्त
-
कैलालीमा एक जना मृत फेला