शनिबार, १४ माघ २०७९
ताजा लोकप्रिय

विश्वको सबैभन्दा ठूलो ज्वालामुखी ३८ वर्षपछि विष्फोट, सर्वाधिक लामो समयसम्म मौन रहेको कीर्तिमान तोड्यो

मंगलबार, १३ मंसिर २०७९, १५ : ३६
मंगलबार, १३ मंसिर २०७९

अमेरिकाको हवाई द्वीपमा विश्वको सबैभन्दा ठूलो सक्रिय ज्वालामुखी मौउना लोआ हो । सन् १९८४ देखि अहिलेसम्म यो शान्त थियो तर यो २८ नोभेम्बर २०२२ मा फुटेको छ । अब त्यहाँबाट लाभा निस्किरहेको छ । चारैतिर रातो र तातो लावाको नदी फैलिएको छ ।

यूएस जियोलोजिकल सर्भिसका अनुसार हाल लाभा मौउना लोआ पहाडको माथिल्लो हिस्सामा मात्रै छ । यो बगेर बाहिर आएको छैन । चारैतिर आगो र धुँवाको मुस्लो फैलिरहेको छ । तर यसको मुनी बस्ने मानिसहरुलाई हाल कुनै समस्या छैन ।

वैज्ञानिकका अनुसार कुनै ज्वालामुखी यत्तिको लामो समयसम्म शान्त बसेको यो लिखित रेकर्ड हो । यद्यपि, यूएसजीएसले ज्वालामुखीको मुनी बस्ने हवाइयन जनतालाई सतर्क रहन चेतावनी दिएको छ । धुँवा, खरानी वा विषालु ग्यास जुनसुकै बेला पनि आउन सक्छ, त्यसैले सतर्क हुनुपर्छ ।

मौउना लोआ १३,६७९ फिट अग्लो पहाड हो । यहाँ ज्वालामुखीको एउटा पूरा चेन हो । मौउना लोआ अन्तिम पटक सन् १९८४ को मार्च र अप्रिल महिनामा फुटेको थियो । त्यतिबेला यसको लाभा बगेर ८.०५ किलोमिटर टाढा हिलो शहरसम्म पुगेको थियो ।

हवाई इमरजेन्सी म्यानेजमेन्ट अथोरिटीले उनीहरुले दुईवटा सेल्टर खोलिदिएको बताए । यदि आपतकालीन अवस्था आयो भने ज्वालामुखीको मुनी बसिरहेका मानिसलाई सुरक्षित तरिकाले यहाँ पुर्याइने जानकारी दिइएको छ । लाभा बाहिर निस्किएर बग्ने कुनै आशंका हालका लागि छैन । त्यसैले इलाका खाली गर्ने आदेश दिइएको छैन ।

मौउना लोआको इतिहासमा एउटा कुरा निकै रोचक रहेको छ । यसको आधाभन्दा बढी बिस्फोट यसको माथिल्लो हिस्सामा नै समाप्त हुन्छ । मुनीतिर बस्ने कसैलाई पनि केही खासै समस्या हुँदैन । फोटोमा देखिएको ज्वालामुखी सबैभन्दा माथिल्लो हिस्सा हो जसमा क्रेटरमा बरफ जमेको छ । यो तस्बिर पुरानो हो ।

मौउना लोआ ज्वालामुखीको बिस्फोट अन्तरिक्षबाट पनि देखिएको छ । नेशनल ओशियानोग्राफिक एन्ड एटमस्फियरिक एडमिनिस्ट्रेशनको सेटलाइटले यो बिस्फोटको तस्बिर खिचेको छ ।

होनोलुलूको नेशनल वेदर सर्भिसले पनि ज्वालामुखी बिस्फोट र लाभाको बहावको तस्बिर जारी गरेको छ । जसमा आगोले भरिएको एउटा ठूलो क्रेटर देखिएको छ । यसैबीच मानिसले बिस्फोटको तस्बिर र भिडियो सोसल मिडियामा भाइरल बनाइदिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एजेन्सी
एजेन्सी
लेखकबाट थप