इथालेन र डाइइथानाइल ग्लाईकोल मिसावट भएका औषधि रोक्न निर्देशन
मंगलबार, १३ मंसिर २०७९, १७ : १०

औषधि व्यवस्था विभागले इथालेन ग्लाईकोल र डाइइथानाइल ग्लाईकोल मिसावट भएका औषधि उत्पादन र बिक्री वितरण रोक्न निर्देशन दिएको छ । बालबालिकाहरूका लागि प्रयोग हुने झोल औषधिमा इथालेन ग्लाईकोल, डाइइथानाइल ग्लाईकोल जस्ता विषाक्त रसायन मिसिएको हुन सक्ने भएकाले यकिन गरेर मात्रै बिक्री गर्न विभागले निर्देशन दिएको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार जाम्बिया तथा इन्डोनेसिया लगायतका देशमा यस्ता खालका रसायन मिसिएर औषधि खाँदा धेरै बच्चाहरूको ज्यान गएको छ । यी रसायनयुक्त मिसावटले गर्दा बालबालिकाको मिर्गौलामा गम्भीर असर पुर्‍याएकाले उनीहरूको मृत्यु भएको डब्ल्यूएचओले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रमा पुरानै कार्यविभाजन ब्युँतियो
-
अमेरिकाले नेपालमा गरेको लगानीमा भूराजनीतिक सम्बन्ध छैन : सामन्था पावर
-
‘मेडिकल शिक्षाका विषय चिकित्सा शिक्षा आयोगलाई भारी’
-
सरकारी जग्गाको संरक्षणका लागि ‘एक्सन’मा उत्रिँदै वीरेन्द्रनगर नगरपालिका
-
बिहीबार माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्ने
-
हेल्मेटमा लुकाएको १८ लाखसहित दुईजना पक्राउ