बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फष्ट लुक्समा यस्तो देखियो फिल्म ‘गोर्खा वारियर’

मङ्गलबार, १३ मङ्सिर २०७९, १७ : ३९
मङ्गलबार, १३ मङ्सिर २०७९

फिल्म ‘गोर्खा वारियर’ को फस्ट लुक्स सार्वजनिक गरिएको छ । सन् २०२३ मा विश्वव्यापी रिलिज हुने तयारीमा रहेको फिल्मले फष्ट लुक्सको रुपमा तीन पोष्टर सार्वजनिक गरेको हो । मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको फिल्म नेपाली, हिन्दी र अंग्रेजी गरेर तीन भाषामा निर्माण भएको छ । फिल्मको फष्ट लुक्समा पनि १९४९ को ‘मलाया इमरजेन्सी जंगल वार’ मा गोर्खाली सैनिकको साहसिक युद्धकथा झल्काउन खोजिएको छ । पोष्टरमा फिल्मका अभिनेता रितेश चाम्स खुकुरी हातमा लिएर क्रोधित भावमा प्रस्तुत भएका छन् । रितेश सहित अभिनेता विजय लामा र अन्य कलाकार पनि ब्रिटिस गोर्खा सैनिककै भेषमा प्रस्तुत छन् । 

एक्सन जनरमा निर्माण भएको फिल्ममा रितेशसँगै बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राई लगायतका कलाकारको अभिनय छ । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो फिल्मका निर्मातामा सुस्मिता वाइवा, सुमन राई हुन् ।

नेपाल र मलेशियामा छायाँकन भएको फिल्ममा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप