बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एनडीटीभीको कमाण्ड अडाणीको हातमा जाने निश्चित

मङ्गलबार, १३ मङ्सिर २०७९, १८ : २८
मङ्गलबार, १३ मङ्सिर २०७९

पुरा नाम ‘नयाँ दिल्ली टेलिभिजन लिमिटेड’ रहेको भारतको चर्चित टीभी च्यानल एनडीटीभीले सोमबार आफ्ना संस्थापक मालिकलाई समर्थन गर्ने कम्पनी आरआरपीआर होल्डिङ प्रालिको २९.१८ प्रतिशत शेयर अडाणी ग्रुपलाई बेचिदिएको छ ।
यसका अतिरिक्त अडानी समूहले बजारबाट थप २६ प्रतिशत सेयर किन्न सक्ने खुला प्रस्ताव पाएको छ । नोभेम्बर २२ जारी गरिएको यो खुला प्रस्ताव डिसेम्बर ५ मा बन्द हुनेछ । यसको प्रस्तावको लागि प्रति शेयर २९४ भारुको प्राइस बोन्ड तोकिएको छ ।

खुला अफरमा हालसम्म ५३.२८ लाख (३१.७८%) शेयर टेण्डर भइसकेको छ । यदि यो खुला प्रस्ताव पूर्ण रूपमा अडाणीको हातमा गयो भने एनडीटीभमा अडाणी समूहको हिस्सेदारी ५५.१८% हुनेछ । त्यसपछि एनडीटीभीको बोर्ड अडाणी समूहको नियन्त्रणमा हुनेछ । 

आरआरपीआर होल्डिङ एनडीटीभीका सस्थापक राधिका रोय तथा प्रनोय रोयको प्रमोटर कम्पनी हो, जसले सन् २००९–१० मा ऋण तिर्नको लागि विश्वप्रधान कर्मशियल प्राईभेट लिमिटेड(भीसीपीएल)सँग ४ अर्ब ३ करोड ८५ लाख भारुको करपोरेट ऋण लिएको थियो । 

आरआरपीआरले भीसीपीएललाई यस ऋणलाई आवश्यक परेको समयमा शेयरमा बदल्न सक्ने अधिकार दिएको थियो । गत अगस्टमा भीसीपीएललाई अडाणी समूहको मिडिया हेर्ने विभाग एएमजी मिडिया नेटवर्कले खरिद गर्यो । केही पछि नै भीसीपीएलले १९,९०,००० शेयरमा बदलेर अगस्ट २३ मा सूचना जारी गर्यो । 

भारतको जमानत निगरानी नियामक सस्था ‘सेक्युरिटी एक्सचेन्ट बोर्ड अफ इण्डिया(सेबी)’ले कुनै कम्पनीसँग दोस्रो कम्पनीको २५ प्रतिशतभन्दा बढि शेयर छ भने उसलाई थप ओपन अफरको प्रस्ताव गर्नुपर्छ । यही व्यवस्था अनुरुप एनडीटीभीले अडाणी समूहको मिडिया संजाल हेर्ने एएमएनएललाई थप १,६७,६२,५३० शेयर प्रस्ताव गरेको समाचारमा जनाइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप