मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सहारा र हिमश्रीबीच १० वर्षका लागि सम्झौता, नाम पनि फेरियो

मङ्गलबार, १३ मङ्सिर २०७९, १९ : ४९
मङ्गलबार, १३ मङ्सिर २०७९

आहा रारा चाउचाउको उत्पादक हिमश्री फुड्स प्रालि र सहारा क्लब पोखराबीच मुख्य प्रायोजक गर्ने सम्झौता भएको छ । क्लब र फुड्सबीच थप १० वर्ष थप सहकार्य गरेर जाने सम्झौता भएको हो । मंगलबार हिमश्री फुड्सकी अध्यक्ष प्रेमकुमारी केसी र क्लबका अध्यक्ष हरिराम गुरुङले थप सहकार्य गरेर जाने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पत्रमा हस्ताक्षर गर्दै अध्यक्षद्वय केसी र गुरुङले कागजी रूपमा १० वर्ष भए पनि अझै थप समय पनि सहकार्य गरेर जाने प्रतिबद्धर्ता जनाए । 

आहा रारा गोल्ड कपको रूपमा हुँदै आएको यो प्रतियोगितालाई ०८८ सालको २२ औं सँस्करणसम्म ‘आहा रारा पोखरा गोल्ड कप फुटबल’ प्रतियोगिता को नामबाट सञ्चालन गरिने उल्लेख छ ।  सम्झौतापत्रमा हस्ताक्षर गर्न मंगलबार आयोजना गरिएको कार्यक्रममा बोल्दै हिमश्री फुड्सका निर्देशक किरण केसीले बुबाले दिएको मार्ग निर्देशन अनुसार आफ्नो परिवार र प्रालि थप सहकार्य गर्न तयार रहेको सुनाए ।

किरण स्वर्गीय सूर्य बहादुर केसीका माइलो छोरो हुन् । ‘बुबाले सानैदेखि समाजसेवामा संलग्न हुनुपर्छ भन्नुहुन्थ्यो । यो उहाँले गरेकै कामको निरन्तरता हो,’ केसीले भने, ‘यो भन्दा अघि पोखरा सभागृहमा यसरी नै हस्ताक्षर हुँदै गर्दाको क्षण मलाई याद छ । मेरो आँखा अगाडि आइरहेको छ । सहारासँग यो यात्रा दीर्घकालसम्म पु-याउने हाम्रो प्रतिबद्धता जनाउन पनि चाहन्छु ।’  

हिमश्री फुड्सले क्लबलाई प्रतियोगिता आयोजना गरेको पहिलो तीन वर्ष १८ लाख, दोस्रो तीन वर्ष २१ लाख, तेस्रो तीन वर्ष २४ लाख र २०८८ सालमा २७ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने सम्झौता भएको हो । प्रालिले अतिरिक्त आन्तरिक खर्च बापत पहिलो प्रत्येक तीन वर्ष ४ लाख ५० हजार, दोस्रो प्रत्येक तीन वर्ष ५ लाख २५ हजार, तेस्रो प्रत्येक तीन वर्ष ६ लाख २५ हजार र अन्तिम २०८८ सालमा ७ लाख रूपैयाँ क्लबलाई प्रदान गर्ने छ ।
प्रतियोगिताको २० औं सँस्करणसम्मको यात्रा सफलतापूर्वक सम्पन्न भएको क्लबका अध्यक्ष हरिराम गुरुङले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप