शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महासंघको नेतृत्वमा बैंकर्स आए पनि बैंकलाई प्राथमिकतामा राखेको छैन: ढकाल

मङ्गलबार, १३ मङ्सिर २०७९, १९ : ५६
मङ्गलबार, १३ मङ्सिर २०७९

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले उद्योग वाणिज्य महासंघको नेतृत्वमा बैंकर्स आए पनि बैंकलाई प्राथमिकतामा नराखेको बताएका छन् । मंगलवार महासंघले काठमाडौँमा पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघको नेतृत्वमा बैंकर आएर बैंकलाई प्राथमिकता दिएको भन्ने विषय सत्यता देखिए पनि बाहिर हल्ला आएको जस्तो नभएको बताएका हुन् । 

उनले महासंघको नेतृत्वमा बैंकका अध्यक्ष तथा पदाधिकारी भएकाले बैंकको पक्षमा महासंघ रहेको भन्ने हल्ला गलत भएको बताए । उनले भने,‘बैंर्कर र उद्योग वाणिज्य महासंघको नेतृत्व नै बैर्कर भएर बैंकहरु बढी प्राथमिकतामा परे भन्ने बाहिर हल्ला आएको छ । त्यो सुन्दा सत्य जस्तो लाग्छ । यो विषय उद्योग वाणिज्य  महासंघको चुनाव आए बेलादेखि उठ्न थालेको विषय हो । बैंकको अध्यक्ष वा बोर्डमा बसेर १५ वर्ष काम गरेका साथीहरू हुनुहुन्छ । बैंकका सञ्चालक भएर बैंकबाट पाउने फाइदा उद्योग व्यवसायमा रहेको छ । उद्योग धन्दाले बैंकमा तिर्नुपर्ने प्रिमियम,ब्याज बढी तिर्नुपर्ने हुन्छ । जहाँसम्म उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले अहिल्यै बैंकको ब्याजदर,प्रिमियम बढाउनुपर्छ र फाइदा लिनुपर्छ भन्ने पक्षमा काम नगरेका छैनौं । ३ वर्ष पहिला म लगायत केही व्यवसायीहरू महासंघको चुनावका अगाडि बढ्यो त्यो बेला चुनावी नाराको रुपमा अगाडि सारिएको विषय हो । यो विषय ५ वर्ष भन्दा पहिले कहिल्यै पनि यो विषय आएको थिएन ।’

उनले महासंघमा लागेपछि बैंक तथा वित्तीय संस्थाको फाइदा हुनेगरी काम नगरेको दाबी गर्दै चुनावमा आफूले बैंक तथा वित्तीय संस्थाको सपोर्ट नगर्ने नाराको अघि सारेको बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप