सुनसरी–४ मा सञ्चारमन्त्री कार्की २०२ मतले अगाडि

शनिबारदेखि स्थगित सुनसरी–४ को मतगणना आजदेखि सुरु भएको छ । सुनसरी सदरमुकाम इनरुवा–१ स्थित भगवती माविमा चलेको सर्वदलीय बैठक सकिएलगतै मतगणना सुरु भएको हो ।
मतगणनाका क्रममा निर्वाचनमा खटिएका कर्मचारीले नेकपा (एमाले) का उम्मेदवारको पक्षमा ६ सय ६ मत थपेपछि विवाद सिर्जना भएको थियो । विवादसँगै मतगणना स्थगित भएपछि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मतगणना गर्न माग गरेका थिए ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका उनले पुनः मतगणनाको माग गरे पनि सोमबार साँझ निर्वाचन आयोगले पुनः मतगणना नगरी यथास्थितिमा मतगणना शुरु गर्न निर्देशन दिएको थियो ।
आज बसेको सर्वदलीय बैठकले धाँधलीरहित, शान्तिपूर्ण, निष्पक्ष र सिसीटिभीको निगरानीमा मतगणना गर्ने निर्णय गरेपछि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए। पछिल्लो पटक सार्वजनिक गरिएको मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार कार्कीले २०२ मतले अग्रता लिएका छन्।
उनले २४ हजार १ सय २८ मत प्राप्त गर्दा एमालेका तर्फबाट जगदीशप्रसाद कुसियैतले २३ हजार ९ सय २६ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनरत पक्षलाई वार्तामा बोलाउन र मृतकलाई सहिद घोषणा गर्न माओवादीको माग
-
विष्णु पौडेलको दावी : गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुग्यो
-
दोस्रो पटक मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत
-
कोशी प्रदेश सरकारबाट माओवादी केन्द्र तत्काल नबाहिरिने
-
गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय
-
गण्डकीमा अधिकारी नेतृत्वको सरकार अल्पमतमा