रामजानकी विवाह पञ्चमी महामहोत्सव सम्पन्न

श्रीराम जानकी विवाह पञ्चमी महामहोत्सव सम्पन्न भएको छ । महामहोत्सवको अन्तिम दिन आज रामकलेवा विधि गरिएसँगै यस वर्षको विवाह पञ्चमी सम्पन्न भएको हो । जानकी मन्दिर परिसरमा भएको भण्डारामा भारतबाट जन्तीका रूपमा आएका साधुसन्तलाई पकवान खुवाएर रामकलेवा मनाइयो ।
महोत्सवको अन्तिम दिन रामकलेवामा जानकी मन्दिरमा विशेष भोजको आयोजना गर्ने परम्परा रहीआएको छ । भोजनपश्चात साधुसन्तलाई दक्षिणा दिएर विधिवत् बिदा गर्ने गरिन्छ । बिदाइका क्रममा मिथिला परम्पराअनुसार चादर, कम्बल र दक्षिणा प्रदान गर्दै बिदाइ गरिएको छ । विवाह पञ्चमीमा विवाह भएको जोडीहरूलाई जानकी मन्दिरको प्राङ्गणमा राखी उनीहरूले एक अर्का पक्षलाई गाली गर्दै ठट्यौली गर्ने परम्परा रहेको छ ।
साधु–सन्तले जनकपुरधाममा भएको सेवा सत्कारबाट आफूहरू हर्षित भएको बताएका छन् । सप्ताहव्यापी विवाह पञ्चमीअन्तर्गत रामकलेवा (बिदाई) सँगै विवाह पञ्चमी महोत्सव सम्पन्न हुने गर्दछ । यसअघि, सोमबार राम र सीताको विवाह सम्पन्न भएको थियो । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा राम र सीताको प्रतिकको विवाह गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल इन्भेस्टमेण्ट मेगा बैंकको finPOS बाट ‘नेपाल पे ट्याप’ र ‘नेपाल पे क्यूआर’ गर्न सकिने
-
नेपाल पर्यटन यातायात व्यवसायी संघको चौथो वार्षिक साधारणसभा सम्पन्न
-
आन्तरिक राजश्व कार्यालय जुम्लामा राजश्व असुली निराशाजनक
-
गण्डकी प्रदेशसभा बैठक कक्ष साँघुरो हुँदा खुट्टा छिराउ नै धौधौ
-
मौलापुरमा फागुनको पहिलो साता मधानी महायज्ञ हुँदै
-
नक्कली नोटसहित दुई जना पक्राउ