ओलीबाहेकका कम्युनिष्टहरूको एकता आवश्यक : सुदन किराती
भोजपुरबाट निर्वाचित सांसद सुदन किरातीले ओलीबाहेकका सच्चा कम्युनिष्टहरुको एकता र वाम ध्रुवीकरण तत्काल अगाडि बढाउनु पर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् । निर्वाचनको नतिजा पछाडि वाम ध्रुवीकरणको चर्चा चलिरहेको तर ओली बाहेकका कम्युनिष्टहरुसँग मात्र त्यो सम्भावना रहेको किरातीले बताएका हुन् ।
निर्वाचनमा देखिएको जनताको असन्तुष्टि र व्यक्त भएको विद्रोहलाई बेलाइमा बुझ्नु पर्ने पनि उनको भनाइ छ । माओवादी केन्द्रका पोलिटव्यूरो सदस्यसमेत रहेका सांसद किरातीले किरातीले मंगलबार भोजपुरको हतुवागढीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘निर्वाचनमा देखिएको जनताको असन्तुष्टि र व्यक्त भएको विद्रोहलाई नेपालका राजनीतिक दलहरूले बेलैमा बुझेर यथाशीघ्र रूपान्तरण हुनु पर्छ अन्यथा नसचिए पुराना र ठुला भनिएका पार्टीहरूको अवस्था दन्त्य कथामा सीमित हुने छ ।
किरातीले थपे, ‘गठबन्धनलाई थप मजबुद बनाउँदै सरकार निर्माण गरी सुशासन र जनजीविकाको सवाललाई प्रभावकारी कार्यान्वयन गर्नु पर्छ ।‘ गठबन्धनको नाममा भोट मागेको मात्रै नभएर शहीदको बलिदानी र रगत पसिना सँग साटेको व्यवस्था जोगाएको कारण अहिले यही गठबन्धनलाई व्यवस्थित गर्दै सरकार गठन गर्नु पर्ने समेत किरातीको जोड थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एमसिसी कार्यान्वयनमा नुल्यान्डको चासो
-
विद्युतीय राहदानी : एक महिनाका लागि अनलाइन बुकिङ खुला
-
कर्णाली र लुम्बिनी प्रदेशमा हल्का वर्षा, उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका
-
प्रहरीको ३० वर्षे हटाउने प्रस्ताव : घुमिफिरी रुम्जाटार