प्रसारणलाइन बनाउन एमसीसीको बोलपत्र

अमेरिकी सहयोग परियोजना एमसीसीले प्रसारणलाइन निर्माणका लागि आइतबार विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । एमसिए नेपालले तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान गरेको हो ।
एमसिए नेपालले तीन वटा समूहमा विभाजन गरेर बोलपत्र सार्वजनिक गरेको छ। लप्सीफेदी रातमाटे न्यू हेटौंडा एक सय १७ किलोमिटर लामो प्रसारणलाइन चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ। त्यस्तै, रातमाटे दमौली ९० किलोमिटर लामो चार सय केभी र न्यू दमौली(न्यू बुटवल प्रसारण लाइन ९० किलोमिटर लामो र नेपाल भारत अन्तरदेशीय प्रसारण लाइनको खण्डको कूल १८ किलोमिटर लामो प्रसारण लाइनसमेत यसैमा समेटिएको छ ।
आइतबार सार्वजनिक भएको सूचनाअनुसार आगामी चैत १३ गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ। नेपालको प्रसारण प्रणालीको विकास तथा सडक निर्माणका लागि अमेरिकाले अनुदान सहयोग उपलब्ध गराएको छ। यो समाचार कारोबार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार र राष्ट्र बैंकले व्यावसायिक गतिविधि चलायमान हुने नीतिगत व्यवस्था गरे अर्थतन्त्रमा सुधार हुन्छ’
-
एपीएफले लगातार दोस्रो जित निकाल्दा कोशी प्रदेशको सुखद् शुरुवात
-
ओलीको कटाक्षः सरकारलाई सुझाव दिनु भैँसीलाई बिन बजाएजस्तै हो
-
कर्णालीका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक : कसको कति ?
-
आन्दोलनरत पक्षलाई वार्तामा बोलाउन र मृतकलाई सहिद घोषणा गर्न माओवादीको माग
-
विष्णु पौडेलको दावी : गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुग्यो