दुई बिगाहा खेतको धानमा आगजनी, लाखौँको क्षति
बुधबार, १४ मंसिर २०७९, ०८ : ३६

रौतहटको पश्चिम भेग फतुवा विजयपुर नगरपालिका स्थित दुई बिगाहा क्षेत्रफलको खेतमा फलेको धानमा अज्ञात समूहले आगजनी गरेको छ । अवकाश प्राप्त सई रामानन्द यादवको खेतको धान काटेर दाइँ गर्न सितलपुर गाउँछेउ खरिहानमा राखिएको धानको भारिमा गएराती १२ बजे अज्ञात समूहले आगजनी गरेको हो ।
आगजनी बाट धान पूर्णरुपमा जलेको छ । सो घटनामा १ लाख ६० हजार बराबरको क्षति भएको पीडित यादवले बताए। घरमा भित्र्याउन ठिक्क पारेको धानको भारीमा कसैले राजनीतिक पूर्वाग्रहको कारण आगलागी गरेको हुनसक्ने पूर्व सई यादवको अनुमान रहेको छ।
दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुका साथै क्षतिपूर्ति दिलाउन पीडित परिवारको माग रहेको छ। घटनाको पुष्टि गर्दै आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३५ प्रतिशतसम्म क्यासब्याक र विभिन्न उपहारसहित एलजीको नयाँ वर्ष अभियान जारी
-
भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
-
नयाँ वर्षमा दोलखाको हनुमन्तेमा मेला लाग्ने
-
गण्डकीमा ४३ हजार एक सय ६४ विद्यार्थी एसइई दिँदै
-
तनहुँमा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु, २ जना घाइते
-
नयाँ मन्त्रीको शपथ दिउँसो ३ बजे हुने