समानुपातिक मतगणनाको १ करोड पार, एकीकृत समाजवादीको थ्रेस होल्ड कटेन

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन समानुपातिकतर्फको १ करोड बढी मतगणना सकिएको छ । १ करोड १२ हजार ४८ मतगणना सकिँदा नेकपा एकीकृत समाजवादी पार्टीले थ्रेस होल्ड कटाउन सकेको छैन। एकीकृत समाजवादी पार्टीले २ लाख ८६ हजार १८९ मतमात्रै पाएको हो ।
समानुपातिकतर्फ कुल १ करोड ९ लाख मत खसेको बताइएको छ भने त्यसमा सदरमतको ३ प्रतिशत मत ल्याउनेको थ्रेस होल्ड कट्छ । यस्तै प्रत्यक्षतर्फ पनि कम्तीमा १ सिट जितेको हुनुपर्छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पर्टी, राप्रपा, जसपा र जनमत पार्टीले थ्रेस होल्ड कटाएका छन् ।
जसअनुसार एमालेले २६ लाख ९७ हजार, कांग्रेसले २५ लाख ५५ हजार, माओवादी केन्द्रले ११ लाख ४१ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९७ हजार, राप्रपाले ५ लाख ७० हजार, जसपाले ३ लाख ९३ हजार र जनमत पार्टीले ३ लाख ५४ हजार मत पाएको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड किन ढल्किँदै छन् कांग्रेसतिर ?
-
कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको सुविधा दिन नहुनेबारे परेको मुद्दामा आज सुनवाइ
-
जसपा र एकीकृत समाजवादीलाई फकाउँदै प्रधानमन्त्री
-
लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि निर्वाचन आज, तीन उम्मेदवार प्रतिस्पर्धामा
-
राष्ट्र बैंकको तथ्यांकले शेयरबजारमा तीव्र वृद्धि
-
मुग्लिन–नारायणगढ सडकको विकल्प तयार, फागुनदेखि सञ्चालनमा