उपेन्द्र यादवले दिए चुनावी समीक्षा गरी प्रतिवेदन बुझाउन निर्देशन

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको समीक्षा गरी प्रतिवेदन बुझाउन प्रदेश तथा जिल्ला समन्वय समितिलाई निर्देशन दिएका छन् । मंसिर ४ गते सम्पन्न चुनावमा पार्टीका अध्यक्ष उपेन्द्र यादव स्वयं आफै पराजित भएका छन् भने अन्य क्षेत्रमा अपेक्षाकृत परिणाम आउन सकेन । त्यसलगत्रै उनले पार्टीमा चुनावी समीक्षा गरी प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।
जिल्ला समन्वय समितिले प्रत्येक निर्वाचनको क्षेत्रगत आधारमा पार्टीको हरेक तहको नेतृत्वदायी भूमिकामा रहेका सदस्यहरूले चुनावमा खेलेको भूमिकाको समेत समीक्षा गर्न अध्यक्ष यादवले निर्देशन दिएका हुन् । समानुपातिक र प्रत्यक्ष उम्मेदवारको भूमिका, निर्वाचन बखत भए गरेका सकारात्मक तथा नकारात्मक कार्य र पार्टीभित्र देखापरेका कमी कमजोरीको समेत समीक्षा गरी यथाशिघ्र निर्वाचन क्षेत्र स्तरीय र जिल्लास्तरीय समितिहरुको बैठक बसेर चुनावी समीक्षा गर्न उनले निर्देशन दिएका छन् ।
अध्यक्ष यादवले प्रदेश तथा जिल्ला समन्वय समितिलाई गरेको सर्कुलरअनुसार जिल्ला र निर्वाचन क्षेत्रस्तरीय समीक्षा बैठकहरूमा सम्बन्धित निर्वाचन क्षेत्रका उम्मेदवारहरूको समेत उपस्थितिमा सत्य, तथ्यका आधारमा ठोस रुपमा विश्लेषणात्मक चुनावी समीक्षा गर्ने र सो को प्रतिवेदन १५ दिनभित्र केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका
-
प्रहरीको ३० वर्षे हटाउने प्रस्ताव : घुमिफिरी रुम्जाटार
-
सरकारलाई खर्च जुटाउनै मुस्किल : अघिल्लो वर्षको १ खर्ब ८२ अर्बको टेको
-
संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने विषयमा सत्तारुढ दलबीचमै मत बाझियो
-
कांग्रेस दुई दर्जन केन्द्रीय सदस्यबीच छलफल, देउवालाई भेटेर ध्यानाकर्षण गराउने निर्णय
-
माओवादी पदाधिकारी बैठक : गृहमन्त्री माओवादीको हुनुपर्नेमा नेताहरुको जोड