पल शाहको न्यायको माग गर्दै रक्तदान कार्यक्रम हुने

नाबालिग करणीको आरोपमा जेलभित्र रहेका अभिनेता पलको न्यायको माग गर्दै रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । पल शाह फ्यान क्लबले मंसिर १७ गते वसन्तपुरमा रक्तदान कार्यक्रममा गर्न लागेको हो । रक्तदान बिहान ८ बजेबाट सुरु हुनेछ ।
पल कानुनी झमेलामा फस्नुअघि यो क्लबले उनको जन्मदिनमा विभिन्न सामाजिक कार्यहरु गर्ने गरेको थियो । अहिले भने उनको न्यायको माग गर्दै रक्तदान गर्न लागेको हो । पललाई गत भदौमा नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश जारी गरेको थियो । पल अहिले जिल्ला कारागार तनहुँमा छन् । नवलपुर अदालतले पलमाथि लागेको आरोपको विषयमा फैसला गरिसकेको भएपनि तनहुँ जिल्ला अदालतको मुद्दा भने विचाराधीन छ ।
थुप्रै म्युजिक भिडियो र दर्जन हाराहारी फिल्म अभिनय गरेका शाहले म्युजिक भिडियो र फिल्मबाट असंख्य प्रशंसक कमाएका छन् । उनलाई तनहुँ प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहँदा उनको रिहाइको माग गर्दै सडकमा थुप्रै उत्रिएका थिए । जेलभित्र पनि उनलाई फिल्मका अफर मिलिरहेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याऔँ : महासचिव गौतम
-
के नेपालमा अमेरिकामा जस्तै साइबर हमला भएको हो ?
-
माग सम्बोधन नभएसम्म नागरिक उन्मुक्ति कुनै पनि सरकारमा सहभागी नहुने
-
पूर्वी युक्रेनमा रुसी आक्रमण, ३ जनाको मृत्यु
-
श्रीलङ्काको अर्थतन्त्र २०२४ सम्ममा सुधार हुन्छ : राष्ट्रपति विक्रमासिङ्घे
-
इरानमा दुई दिनमा तीन सडक दुर्घटना, ९ जनाको मृत्यु